१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ भदौ २६ शुक्रबार १५:५६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वडाध्यक्षसहित चारजना जनप्रतिनिधिमा कोरोना संक्रमण देखिएपछि तानसेन नगरपालिका कार्यालय बन्द

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार १५:५६:००

तानसेनका जनप्रतिनिधिलाई कोरोना संक्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । जनप्रतिनिधिसहित समुदायमा संक्रमण बढेपछि कार्यालय बन्द गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना प्रकाशन गरेर नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएको हाे ।

कार्यालयहरू अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द रहने प्रवक्ता दामोदरप्रसाद घिमिरेले जानकारी दिए । उनले अत्यावश्यक कामबाहेक अन्य सबै सेवा बन्द गरिएको बताए ।

वडाध्यक्ष, वडासदस्यसहित चारजना जनप्रतिनिधिलाई कोरोनाको संक्रमण रहेको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।