मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २६ शुक्रबार ११:४२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

१५ वर्षीय बालकमा कोरोना देखिएपछि धनकुटा नगरपालिकाका केही क्षेत्र सिल

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ११:४२:००

दुई दिनअगाडि धनकुटा नगरपालिका– ६ स्कुलडाँडामा १५ वर्षीय बालकमा कोरोना भाइरसको संक्रमण देखिएपछि सो क्षेत्र सिल गरिएको छ ।

कोभिड– १९ संकट व्यवस्थापन समितिको २५ भदौ साँझ बसेको आकस्मिक बैठकले कोरोना भाइरसको संक्रमण धनकुटामा पनि दिन प्रतिदिन बढ्दै गएकोले त्यसको रोकथाम र नियन्त्रण गर्न ६ दिनका लागि सो क्षेत्र सिल गरेको हो । 

बैठकले धनकुटा नगरपालिका– ६ को सल्लेरीस्थित पानीट्यांकीको स्कुलडाँडादेखि दक्षिण बरखगण सल्लेरी ब्यारेकको २ नम्बर गेटदेखि पश्चिम कचिन्डे चोकदेखि उत्तर गुर्धुमडाँडा सिलढुंगा सामुदायिक वनदेखि पूर्वको चार किल्ला क्षेत्रभित्र रहेको टोलबस्ती क्षेत्रमा अत्यावश्यक कामकाजबाहेक आवतजावतमा पूर्ण निषेध गरी सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठले बताए ।

ती १५ वर्षीय बालकसहित धनकुटाकै चौबिसे गाउँपालिका– ७, मौनाबुधुकका तीनजनामा पनि दुई दिनअगाडि कोरोना भाइरसको संक्रमण देखिएको थियो । 

संक्रमण देखिएसँगै मौनाबुधुकमा पनि एक हप्ताका लागि सिल गरी संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाहरू ३० जनाको स्वाब संकलन गरी बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

धनकुटामा अहिलेसम्म कोरोना भाइरसबाट ४४ जना संक्रमित भएका छन् । 

तीमध्ये ३४ जना निको भएर घर फर्किसकेका छन् भने १० जना उपचाररत छन् । तीमध्ये ६ जना धनकुटाको औद्याेगिक ग्राममा निर्माण गरिएको आइसोलेसनमा छन् भने दुईजना मोरङको गोठगाउँ र दुईजना धरानस्थित कोभिड अस्पतालमा उपचाररत छन् ।