१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २६ शुक्रबार ०९:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डुबेर दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २६ शुक्रबार ०९:४४:००

सिराहाको मिर्चैया नगरपालिका र अर्नमा गाउँपालिकामा बिहीबार पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार बिहीबार साँझ मिर्चैया नगरपालिका– ९ कमलदहमा डुबेको अवस्थामा अन्दाजी २२ वर्षीया महिलाको शव भेटिएको हो । 

मृतक महिला सिराहाको ब्रह्मपुरी गाउँकी स्थायी बासिन्दा रहेको सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तुलालप्रसाद जैसवालले जानकारी दिए । डिएसपी जैसवालले गाउँदेखि करिब ३० किलोमिटर उत्तरतिर पर्ने कमलदहमा उनी जानुको कारणबारे उनका आफन्त आएपछि खुल्न सक्ने बताए । 

मृतक महिलाको शव निकालेर लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

त्यस्तै, बिहीबार दिउँसो अर्नामा गाउँपालिका– ३ मा पर्ने मैनाबत्ती खोलामा नुहाउने क्रममा डुबेर घाइते भएका १० वर्षीय बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

स्थानीय चन्दन महतो खोलामा नुहाउने क्रममा डुबेर घाइते भएको अवस्थामा गाउँलेले देखेपछि तत्काल उद्धार गरी स्थानीय क्लिनिकमा ल्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ ।