मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
तिवारी यादव वीरगन्ज
२०७७ भदौ २५ बिहीबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वीरगन्जमा भदौ ३१ सम्म निषेधाज्ञा, शनिबारबाहेक सधैँ बजार खुल्ने

Read Time : < 1 मिनेट
२०७७ भदौ २५ बिहीबार १९:३५:००

जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिकामा थप एक साता (३१ भदौ)सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि महानगरमा मात्र थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा बसेको बैठकले वीरगन्ज महानगरपालिका क्षेत्रभित्र मात्रै निषेधाज्ञा सीमित गर्ने निर्णय गरेको हो । बिहीबार जारी सूचनामा वीरगन्ज महानगरपालिका क्षेत्रभित्र रहेका पसलहरू शनिबारबाहेक प्रत्येक दिन दिउँसो ११ बजेदेखि ४ बजेसम्म स्वास्थ्यसम्बन्धी मापदण्ड पालना हुने गरी र भिडभाड नहुने गरी सञ्चालन गर्न पाइने उल्लेख छ ।