मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २५ बिहीबार १५:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एसिडपीडितको उपचारको खर्च, शिक्षा र जीविकोपार्जनको जिम्मा सरकारले लिन्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २५ बिहीबार १५:४९:००

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहारबाट पीडित बनेकाहरूको सम्पूर्ण उपचारको जिम्मा सरकारले लिने बताएका छन् । 

एसिडपीडितहरूसँग बालुवाटारमा भएको भेटमा उनले पीडितहरूको शिक्षा र जीविकोपार्जनको जिम्मा पनि सरकारले लिने बताए ।

उनले पीडितहरूको उपचार, शिक्षा र जीविकोपार्जनको सम्पूर्ण जिम्मा लिन कर्मचारीहरूलाई निर्देशन पनि दिए । 

 

साथै प्रधानमन्त्री ओलीले एसिड प्रहारको घटनामा संलग्न पीडकको सम्पत्ति रोक्का गरी पीडित पक्षलाई क्षतिपूर्ति दिलाउने कानुनको व्यवस्था गर्ने प्रतिबद्धता पनि जनाए । 

उनले शारीरिक, मानसिक, सामाजिकलगायतका बहुपक्षीय दुष्प्रभाव पार्ने यस्ता घटना न्यूनीकरणका लागि सरकार कठोर भएर लाग्ने पनि बताए ।