मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७७ भदौ २५ बिहीबार १३:०६:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अमेरिकाद्वारा एक हजारभन्दा बढी चिनियाँ विद्यार्थीको भिसा रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७७ भदौ २५ बिहीबार १३:०६:००

अमेरिकी ट्रम्प प्रशासनले एक हजारभन्दा बढी चिनियाँ नागरिकको भिसा रद्द गरिएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । 

ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरू संवेदनशील सूचनामा शंकास्पद पहुँच हासिल गरेको भन्दै चिनियाँ विद्यार्थी र अनुसन्धाताको भिसा रद्द गरेको हो । 

विदेश मन्त्रालयका प्रवक्ताले राष्ट्रपतिको आदेशबमोजिम सेप्टेम्बर ८, २०२० सम्ममा एक हजारभन्दा बढीको भिसा रद्द गरिएको जानकारी दिए । यद्यपि संयुक्त राज्य अमेरिकामा अध्ययन र अनुसन्धानको अनुमति प्राप्त गरेका कुल चिनियाँ विद्यार्थीको अनुपातमा भिसा रद्द गरिएको यो संख्या निकै कम हो ।

चीनको सेनासँग निकट सम्बन्ध रहेका चिनियाँ स्नातक विद्यार्थी र अनुसन्धाताहरूको अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गरेका थिए । रासस/एएनआई