मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २४ बुधबार २२:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक यातायातमा १६ सिटे प्रावधान, माइक्रोबस सञ्चालन हुन पाउने कि नपाउने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २४ बुधबार २२:०२:००

उपत्यकामा तीन सातापछि निषेधाज्ञा खुकुलो बनाउँदै सार्वजनिक यातायातसमेत सञ्चालन गर्न दिने निर्णय भएको छ । सार्वजनिक यातायात सञ्चालनलाई केही सर्त तोकिएका छन् । १६ सिटभन्दा धेरै क्षमताका सार्वजनिक यातायात मात्र सञ्चालन गर्न पाउनेछ । 

यो निर्णयअनुसार ठूला सवारीसाधन मात्र सञ्चालन हुनेछन् । माइक्रोबसको हकमा भने के हुने भन्नेमा ट्राफिक प्रहरी नै अन्योलमा छन् । निर्णयमा १६ सिटभन्दा धेरै सिट क्षमता भएका सवारीसाधन मात्र सञ्चालन हुने उल्लेख छ । कतिपय माइक्रोबस १६ तथा कतिपय १८ सिटे हुने गरेका छन् । त्यसकारण माइक्रोबसलाई सञ्चालन गर्न दिने वा नदिने भन्ने विषयमा अन्योल नै रहेको र बिहीबार प्रस्ट पारिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम ढकालले बताए । 

साना सवारीमा दूरी कायम नहुने भएकाले सञ्चालन गर्न नदिइएको उनी बताउँछन् । निर्णयअनुसार टेम्पो, निलो माइक्रो भने सञ्चालन हुने पाउने छैनन् । ट्याक्सीलाई भने तीन जनासम्म यात्रु बोक्न दिने निर्णय भएको छ । 

उपत्यकाभित्र मात्र सञ्चालन हुने सार्वजनिक यातायातले सिटक्षमताको आधा मात्र यात्रु बोक्न पाउने र भाडा सरकारले तोकेकोमा ५० प्रतिशतसम्म थप लिन पाउनेछन् ।