Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २४ बुधबार १७:३२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आफूलाई धम्की दिने शाक्यलाई हिरासतमुक्त गर्न ललितपुरका मेयरको आग्रह 

Read Time : > 1 मिनेट
२०७७ भदौ २४ बुधबार १७:३२:००

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूलाई मार्ने अभिव्यक्ति दिने युवालाई विनासर्त रिहा गर्न प्रहरीलाई आग्रह गरेका छन् । रातो मत्स्येन्द्रनाथको रथ तान्ने सन्दर्भमा मेयरको टाउको काट्ने अभिव्यक्ति दिने सञ्जय शाक्यलाई ललितपुर प्रहरीले २१ भदौमा पक्राउ गरेको थियो । मेयर शाक्यले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै शाक्यलाई विनासर्त रिहा आग्रह गरेका हुन् । 

विज्ञप्तिमा भनिएको छ, ‘त्यो अभिव्यक्तिलाई मैले उत्तेजनात्मक र आवेशमा आएर दिएको अभिव्यक्तिको रूपमा लिएको छु । तसर्थ, निजलाई निःसर्त रिहा गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँछु ।’ 

मेयर शाक्यले १८ भदौमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा पक्राउ परेकाहरूलाई समेत अबिलम्ब रिहा गर्नुपर्ने माग गरेका छन् । ‘महानगरपालिकाभित्र भएको घटनामा पक्राउ परेकाहरूको रिहाइका लागि महानगरपालिकाको प्रमुखको हैसियतले म, ज्यापू समाज र रथयात्रासँग जोडिएका १९ वटै संघसंस्थासमेतले निःसर्त रिहा गर्न प्रशासनलाई आग्रह गरेका छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

विनायोजना, स्थानीय प्रशासनलाई जानकारी नै नदिई भदौ १८ गते एक समूहले ललितपुरको पुल्चोकमा रहेको रथ तानेको थियो । रथ तान्ने क्रममा प्रहरी र रथ तान्न गएका समूहहरूबीच झडप भएको थियो । झडपमा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । 

स्थानीय प्रशासन र रथ तान्ने समूहबीच गत बिहीबार भएको घटनापछि ज्यापू समाजको नेतृत्वमा १९ वटा जातीय संघसंस्थाको छलफलपश्चात् भदौ २१ गते धार्मिक विधिपूर्वक सांकेतिक रूपमा  मत्स्येन्द्रनाथको रथ तानिएको थियो । भदौ २९ गते मत्स्येन्द्रनाथलाई खटमा हालेर बुङमती लैजाने र त्यसको चार दिनपछि पुल्चोकमा नै रथ भत्काउने कार्यक्रम राखिएको छ । 

विज्ञप्तिमा १८ भदौमा विधि नपुऱ्याई रथ तान्दा उत्पन्न परिस्थितिले धर्म संस्कृतिप्रेमी सबैको मनमा घाउचोट लागे पनि २१ भदौमा धार्मिक प्रक्रिया र विधिपूर्वक सौहार्दपूर्ण वातावरणमा स्वास्थ्य सतर्कता अवलम्बन गरी रथ तान्ने काम सम्पन्न भएबाट घाउचोटमा मल्हमपट्टि लागेको मेयर महर्जनको भनाइ छ । उनले सो क्रममा घाइते भएका सबैको स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।