मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २४ बुधबार १५:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा विवाद : ओली–प्रचण्डले तयार पारे स्थायी कमिटीमा राख्ने एजेन्डा, सदस्यलाई इमेलबाट पठाइने

Read Time : < 1 मिनेट
२०७७ भदौ २४ बुधबार १५:०१:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार बोलाइएको स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने प्रस्ताव तयार पारेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार भएको छलफलबाट ओली र प्रचण्डले बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिएका हुन् । 

पार्टीभित्रको समस्या समाधानका लागि गठित महासचिव विष्णु पौडेल नेतृत्वको ६ सदस्यीय कार्यदलले दिएको सुझाब र गत १८ भदौको सचिवालय बैठकमा नेताहरूबाट प्राप्त सुझाबका आधारमा उनीहरूले प्रस्तावको गृहकार्य गरेका हुन् । 

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार दुई अध्यक्षले अन्तिम रूप दिएको सहमतिको प्रस्तावसहितका एजेन्डा अध्ययनका लागि स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत उपलब्ध गराइनेछ । 

ओली र प्रचण्डले तयार पारेको प्रतिवेदनमा आधारित भएर छलफलका लागि बोलाइएको बैठक सकभर दुई दिनभित्रै सम्पन्न गर्ने नेकपाको तयारी रहेकाे स्राेतले जनाएकाे छ । 

गत ८ वैशाखबाट १३ साउनसम्म उत्कर्षमा पुगेको विवादलाई शुक्रबार बस्ने स्थायी कमिटी बैठकबाट समाधानतर्फ लैजाने याेजना दुई अध्यक्षले लिएकाे नेकपा स्राेतले जनाएकाे छ । 

त्यसलगत्तै मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक अंग र महत्वपूर्ण स्थानमा राजनीतिक नियुक्तिका विषयहरू टुंग्याउने प्रधानमन्त्री ओलीले तयारी गरेका छन् ।