मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७७ भदौ २४ बुधबार १२:३१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी बिओपी जमिन प्रकरण : अन्तरिम आदेश बदर

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ भदौ २४ बुधबार १२:३१:००

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले सशस्त्र प्रहरी बिओपीलाई बेलौरी नगरपालिकाले उपभोगका लागि दिएको जमिन प्रकरणमा एक महिनाअघि दिएको अन्तरिम आदेश बदर गरेको छ । 

गत असारमा बेलौरी नगरपालिका– २ खैरानी थापा चौराहमा सशस्त्र प्रहरी बलको बिओपी राखिएको थियो । सशस्त्र प्रहरी बसेको जमिन आफ्नो भन्दै स्थानीय जनक भण्डारीले दायर गरेको उत्प्रेषण मुद्दामा अदालतले विपक्षीका नाममा अन्तरिम आदेश दिएको थियो । 

भारतीय नागरिक बस्दै आएको तीन बिघा १४ कट्टा जमिनमा बेलौरी नगरपालिका वडा र नगरपालिका कार्यालयले त्यहाँ सशस्त्र प्रहरी राख्ने निर्णय गरेपछि गत असारमा सशस्त्र प्रहरी बलको बिओपी राखिएको थियो । 

भण्डारीले बेलौरी नगरपालिका– २ वडा कार्यालय, वडाध्यक्ष कलवीर चौधरी र नगरपालिकाविरुद्ध दायर गरेको रिटमा उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश धीरबहादुर चन्दको इजलासले गत २२ साउनमा यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो । 

ठीक एक महिनापछि उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य न्यायाधीश सारंगा सुवेदी र न्यायाधीश धीरबहादुर चन्दको इजलासले अघिल्लो अन्तरिम आदेश रद्द गर्ने आदेश दिएको छ । 

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका सहायक प्रवक्ता हरिबहादुर चौधरीले २२ भदौमा न्यायाधीशद्वय सुवेदी र चन्दको इजलासले नगरपालिकालाई सशस्त्र प्रहरीले उपभोगका लागि दिएको जमिन रिटकर्ता भण्डारीको नाममा कहीँ कतै जमिन नदेखिएकाले अघिल्लो रिट बदर गर्ने आदेश दिएको बताए । ‘मुद्दा टुंगिएको छैन, ‘प्रवक्ता चौधरीले भने, ‘अघिल्लोपटक अन्तरिम आदेश दिइयो, अहिले पहिलो निर्णय बदर गरिएको छ, फैसला हुन बाँकी छ ।’ 

रिटकर्ता जनक भण्डारीले उक्त जमिन ०२९ सालमा आफ्ना बाबुको नाममा फिल्डबुक कायम भएको बताउँदै जमिनकै लागि बाबु मारिएको बताए । भण्डारीले उक्त जमिन आफ्नै भएको दाबी गरे । ‘सो जमिन मेरै बाबुको हो,’ भण्डारीले भने, ‘बाबुको नाममा फिल्डबुक कायम भएर भारतीयलाई अधियाँ दिँदै आएका थियौँ ।’ 

तर, बेलौरी नगरपालिकाले भने भण्डारी परिवारको उक्त जमिन हुँदै नभएको जनाएको छ । भण्डारीले अहिले आएर अनावश्यक झमेला देखाइरहेको बेलौरी नगरपालिका– २ का वडाध्यक्ष कलवीर चौधरीले बताए । ‘यो जमिन भारतीय नागरिकले कमाउँदै आएका थिए,’ उनले भने, ‘भारतीय नागरिक ऋषिलाल क्षेत्रीसहितको नाममा कित्ताकाट भयो, तर अहिले आएर आएर जनकले बखेडा झिकिरहेका छन् ।’ 

०३५ सालमा भारतीय नागरिकमा नाममा देखिएको जमिन पछि ०५४ को नापीबाट नेपाली नागरिकता नहुँदा भारतीय नागरिकको नाममा जमिन दर्ता नभएको बताए । त्यसपछि सो जमिन सीधै नेपाल सरकारको नाममा राखिएको थियो  । 

‘भारतीयले कमाउँदै आएको जमिन हामीले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बिओपी स्थापनाका लागि दिएका हौँ,’ अध्यक्ष चौधरीले भने, ‘बिओपी स्थापना भएको महिनादिनपछि विवाद झिकाइयो ।’ देश र जनताको सुरक्षाका लागि सो स्थानमा सशस्त्र प्रहरी बलको बिओपी स्थापना गरिएको बताउँदै अध्यक्ष चौधरीले अहिले आएर अनावश्यक विवाद झिक्न नहुने उनले बताए । ‘भण्डारीज्यूले आफ्नो भएको जमिन अहिले आएर दाबी गर्दा उतिवेला कसरी भारतीयको नाममा देखियो,’ वडाध्यक्ष चौधरीले भने, ‘अहिले आएर विवाद झिक्नु अनुचित कार्य हो ।’