डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ मा पर्ने नेटा ज्युलामा भे.१त ९७८१ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चारजना घाइते भएका छन् ।
प्रहरी चौकी त्रिपुराकोटका अनुसार बालुवा बोकेर पहाडातर्फ लैजाँदै गरेको ट्रयाक्टर बुधबार बिहान करिब ९ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परेर घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका– १ का १६ वर्षीय हरि कठायत, सोही ठाउँका ३३ वर्षीय लोकमान श्रेष्ठ, १२ वर्षीय शक्तिमान कठायत र १६ वर्षीय कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । उनीहरूको स्वास्थ्य अवस्था खतरामुक्त प्रहरीले जनाएको छ ।
रुकुम पश्चिम आठबिसकोट नगरपालिका– ११ स्थायी घर भएका चालक हस्तबहादुर परियार सामान्य घाइते भएको भएका छन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान सुरु गरेको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए ।