मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २४ बुधबार ०७:५७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्ट फोन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २४ बुधबार ०७:५७:००

सामसङले आफ्ना फ्ल्यागसिप प्रोडक्टअन्तर्गत ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्ट फोन नेपाली बजारमा ल्याएको छ । कम्पनीले नोट पारखीको पावर एन्ड प्रोडक्टिभिटीको आवश्यकतालाई मध्यनजर गरी यी स्मार्ट फोन बजारमा ल्याएको हो । 

यी फोनमा काम गर्न र गेम खेल्नका लागि थप सहजता प्राप्त हुने कम्पनीले जनाएको छ । यो सिरिजका मोबाइलले कम्प्युटरको जस्तै कार्य गर्न सक्ने प्रो–गेमहरू सहजै खेल्न सकिने कम्पनीको दाबी छ । सामसङ नेपालका बिजनेस हेड प्रणयरत्न स्थापितले यो फोन प्रि–बुकिङमा उत्साहजनक सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताए । सामसङद्वारा प्रि–बुक गर्ने ग्राहकलाई ग्यालेक्सी बर्ड निःशुल्क प्रदान गरिएको थियो । साथै, ग्यालेक्सी वाच३ तथा सामसङ एलइडी टिभीको मूल्यमा छुट दिएको थियो । यसका साथै ग्राहकलाई विभिन्न क्षेत्रहरूमा छुट तथा उपहार पनि प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

ग्यालेक्सी नोट२० को मूल्य १ लाख १० हजार रुपैयाँ र नोट२० अल्ट्राको मूल्य १ लाख ४० हजार रुपैयाँ तोकिएको छ । यी फोन खरिद गर्ने ग्राहकलाई एकपटकको टुटफुटमा एनएलजी इन्स्योरेन्सबाट १ वर्षको बिमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा (इएमआई) खरिद गर्न सकिने सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । साथै, अर्को स्टोर तथा आइएमएस स्मार्टमार्फत सामसङ स्मार्ट फोनका ग्राहकले एक्सचेन्ज गर्ने सुविधा प्रदान गरिएको जनाइएको छ ।