१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २३ मंगलबार १७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बलात्कार आरोपमा हिमालय आँखा अस्पतालका लेखाप्रमुख पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १७:५२:००

सहकर्मीलाई बलात्कार गरेको आरोपमा पोखरास्थित हिमालय आँखा अस्पतालका लेखाप्रमुख वामदेव सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा कार्यरत दुई महिला कर्मचारीले प्रहरीमा दिएको उजुरीको आधारमा मंगलबार सुवेदीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए । 

उजुरीकर्ता दुई महिलामध्ये एकजनाले १७ भदौमा सुवेदीले चार वर्षदेखि डरधम्की दिँदै पटकपटक यौन शोषण गरेको भन्दै कारबाहीको मागसहित अस्पतालको कर्मचारी युनियनमा निवेदन दिएकी थिइन् । त्यसपछि १९ भदौमा अस्पताल सञ्चालक समितिमा ती महिलाले दिएको उजुरीउपर छलफल गर्दै सुवेदीलाई निलम्बन गर्ने निर्णय गरिएको थियो । उजुरीउपर अस्पतालले आवश्यक छानबिनसमेत अगाडि बढाएको जनाएको छ ।

ती महिलासँगै अर्की एक महिलाले पनि मंगलबार जिल्ला प्रहरी कार्यालयमा करणी कसुरमा सुवेदीविरुद्ध जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो । करिब ३८ वर्षीया ती महिलालाई सुवेदीले चार वर्षदेखि डरधम्की दिएर शारीरिक शोषण गर्दै आएको उजुरीमा उल्लेख छ । सुवेदीले अस्पताल प्रशासन तथा व्यवस्थापन समितिसँग आफू नजिक रहेको दाबी गर्दै घटना बाहिर ल्याए जागिर खाइदिने धम्की दिने गरेको महिलाहरूको आरोप छ ।