मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ २३ मंगलबार १२:०८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

 मूर्ति चोर्ने पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १२:०८:००

मन्दिरबाट दुई थान  मूर्ति चोरी गर्ने सोलुखुम्बु दूधकुण्ड नगरपालिका– ८ चाँगेस्थानका ३५ वर्षीय रमेश मगर पक्राउ परेका छन् ।  

स्थानीय देवीको मन्दिरबाट दुईवटा  सिंहको मूर्ति चोरी गरेको आरोपमा सोलुखुम्बु प्रहरीले मगरलाई सोमबार राति पक्राउ गरेको हो । 

सोलुखुम्बु प्रहरीले जानकारी गराएअनुसार  सोमबार दिउँसो १२ बजे मन्दिरमा रहेका दुईवटा मुर्ति एक्कासि सोमबार दिउँसो गायब भएको थियो । मूर्ति चोरी भएको आशंकामा  मन्दिर व्यवस्थापन समितिले प्रहरीलाई खबर गरेको थियो ।

प्रहरीले सूचना पाएर तुरुन्त खोजतलास गर्दा फरार भएका मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ११ स्थित एक होटेलबाट सोमबार राति चोरीको मूर्तिसहित पक्राउ गरेको हो  ।