१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँदिल्ली
२०७७ भदौ २३ मंगलबार १०:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

कंगनालाई  सुरक्षा

Read Time : < 1 मिनेट
नयाँदिल्ली
२०७७ भदौ २३ मंगलबार १०:४६:००

भारत सरकारले अभिनेत्री कंगना रनौतलाई ‘वाई’ श्रेणीको सुरक्षा दिएको छ । मुम्बई जानुअघि उनलाई गृह मन्त्रालयले उच्चस्तरको सुरक्षा दिएको हो । अब कंगनाका सुरक्षाका लागि ११ सुरक्षाकर्मी तैनाथ हुनेछन् । ९ सेप्टेम्बरमा मुम्बई जाँदै गरेकी उनलाई सिफ्टका आधारमा २४सै घन्टा सुरक्षाकर्मीले सुरक्षा दिनेछन् ।

कंगनाले गृहमन्त्री अमित शाहलाई ट्विटरमा मेन्सन गर्दै ‘वाई’ श्रेणीको सुरक्षा दिइएकोप्रति आभार प्रकट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘यो यस्तो प्रमाण हो कि कुनै पनि देशभक्त आवाजलाई कोही फासीवादीले कुल्चन सक्दैन ।’

शिवसेनाका सांसद सञ्जय राउतले केही दिनअघि उनलाई मुम्बईमा डर लाग्छ भने नआउन भन्दै धम्की दिइएको थियो । यसपछि कंगनाले सामाजिक सञ्जालमा आफू ९ सेप्टेम्बरमा मुम्बई आउने र हिम्मत भए रोकेर देखाउनु भनेर बोलिन् । केही समयअघि मुम्बई प्रहरीसँग आफूलाई डर लाग्ने अभिव्यक्ति दिएपछि पनि उनी विवादमा तानिएकी थिइन् ।