Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ भदौ २३ मंगलबार १०:४४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विषालु साग खाँदा जाजरकोटका पाँच बेहोस, हेलिकोप्टरबाट उद्धार गरिँदै

Read Time : < 1 मिनेट
२०७७ भदौ २३ मंगलबार १०:४४:००

कामको खोजीमा उपल्लो डोल्पा पुगेका जाजरकोटका पाँचजना दुई दिनदेखि अचेत अवस्थामा छन् । शेफोक्सुण्डो गाउँपालिका– १ मा पर्ने निजाल गुम्बा पुनर्निर्माणका लागि पुगेका उनीहरू जोक नामक विषालु जंगली साग खाएपछि बेहोस भएको प्रमुख जिल्ला अधिकारी सुरेश  सुनारले जानकारी दिए ।

नलगाड नगरपालिका– ५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ वर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३  वर्षीय शिवराज केसी र  ३८ वर्षीय टेकबहादुर ओली सोमबारदेखि बिरामी भएर अचेत अवस्थामा रहेको प्रजिअ सुनारले बताए ।

गुम्बावरिपरि पाइने स्थानीय जडीबुटी ल्याएर पकाएर खाएलगत्तै सबैजना बिरामी परेका थिए । स्थानीय स्वास्थ्यकर्मीले उपचारको प्रयास गरे पनि सम्भव नदेखिएपछि उद्धारका लागि हेलिकोप्टर बोलाइएको प्रजिअ सुनारले जानकारी दिए ।

अचेत अवस्थामा रहेका पाँचैजनाको उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गरिएको वनमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए  ।