१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
डा. डिला संग्रौला
२o८१ जेठ ४ शुक्रबार o८:३५:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

समावेशी लोकतन्त्र : समावेशी नेतृत्व

Read Time : > 4 मिनेट
डा. डिला संग्रौला
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार o८:३५:oo

नेतृत्वमा पुग्न शीर्षस्थ पुरुष नेतृत्वको मुख ताक्ने होइन, महिलाहरूलाई एकीकृत गरी १४औँ महाधिवेशनमा निर्णायक बन्न जरुरी छ 

हरेक राजनीतिक परिवर्तनको नेतृत्व गर्दै देशको निर्णायक शक्तिको रूपमा स्थापित नेपाली कांग्रेस १४औँ महाधिवेशनको संघारमा उभिरहँदा नेतृत्व तहमा महिलाको उपस्थितिबारे चाइँचुइँ केही पनि छैन । कोरोना कहरको जटिल परिवेश र प्रतिपक्षमा रहेको वेला हुन लागेको महाधिवेशनले पार्टीको आन्तरिक जीवनमा पुनर्ताजगी गराउँदै आमकार्यकर्तामा उत्साहको सन्देश प्रवाह गराउने अपेक्षा गरिएको छ । यस बखत राष्ट्रसामु देखा परेका चुनौती कांग्रेसले नै समाधान गर्न सक्छ भन्ने आड र भरोसा नागरिकलाई नदिलाई हुन्न । तर, त्यस दिशातर्फ सबैको ध्यान जानुको सट्टा अहिले बहस नेतृत्वको होडबाजीमा सीमित छ । 

कांग्रेसभित्र आमूल परिवर्तन गर्न अबको कांग्रेस कस्तो बनाउने भन्ने वैचारिक बहसले भन्दा पनि अबको सभापति र पदाधिकारी को बन्ने भन्ने विषयले महाधिवेशनको माहोल गर्माएको देखिन्छ । अबको महाधिवेशनमा पनि महिलाको सहभागिता मात्र धेरै हुने, निर्णायक तहमा नेतृत्व निम्छरो हुने धरातलीय यथार्थलाई बहसको विषय बनाउने प्रयत्न हामीले गरे पनि कारगर हुन सकेको छैन । इतिहासले वर्तमानलाई डोर्‍याउँछ भनेझैँ ००३ साल माघ १२ र १३ गते भारतको कलकत्तामा सम्पन्न नेपाली राष्ट्रिय कांग्रेसको रूपमा भएको पहिलो महाधिवेशनले नेपाली राष्ट्रिय कांग्रेसको हरेक राजनीतिक आन्दोलनको अगुवाइ गरेको छ । यसरी ००३ सालको राष्ट्रिय कांग्रेस र ००५ सालको प्रजातान्त्रिक कांग्रेसबीच ००६ चैत २७ गते सम्पन्न महाधिवेशनले दुवै पार्टीबीच एकता भएपछि नेपाली कांग्रेसको जन्म भएको हो । 

राष्ट्रियता, प्रजातन्त्र र समाजवादको आदर्श बोकेको कांग्रेसले नीति र नेतृत्वभन्दा पनि ७ दशकभन्दा बढी समय प्रजातन्त्र प्राप्ति, पुनः प्राप्ति एवं जनताको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वधीनताका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आज संघीय लोकतान्त्रिक गणतन्त्र युगको ढोका खोल्न सफल भएको हो । यसरी प्रजातान्त्रिक आन्दोलनको शक्तिपुञ्जको रूपमा आफूलाई उभ्याएको कांग्रेसले अबको गन्तव्य आधुनिक नयाँ नेपालको निर्माण गर्नेतर्फ बनाउन जरुरी छ । सत्तामा पुगेको नेकपाको कम्युनिस्ट सरकारले मुलुकको समस्या एवं जनताका लागि अभिभावकीय भूमिका निभाउन सकेको छैन । भ्रष्टाचार चुलिएको छ, जनता भोक र रोग दुवैबाट आक्रान्त छन् । त्यसैले अहिले कांग्रेसलाई पुनः जीवन दिन एवं युगानुकूल रूपान्तरण गर्न समावेशी प्रकृतिको र नयाँ एजेन्डा मुखरित गर्न सक्ने नेतृत्व आवश्यक छ । यसका लागि महिलालाई निर्णायक तहमा पुर्‍याउन अतिआवश्यक देखिन्छ । 

कांग्रेसको विधानमा महिला सहभागिता : घर, परिवार, समाज र राष्ट्रलाई रूपान्तरण गरी लोककल्याणकारी राज्य स्थापनार्थ महिला र पुरुषको समान सहभागिता एवं प्रतिनिधित्व अपरिहार्य छ । त्यसैले पार्टीमा महिलाको समान प्रतिनिधित्वको व्यवस्था हुनुपर्दछ । रथका दुई पांग्रामा एक पांग्रा कमजोर भयो भने रथलाई सही दिशामा लैजान सकिँदैन । यस्तै, आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक हरेक क्षेत्रमा महिला र पुरुषबीचमा लैंगिक समानता भएर मात्र पुग्दैन, लैंगिक समता हुन जरुरी छ । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले यसले महिला र पुरुषबीचमा समानताका साथै हरेक वर्ग, तप्काको बीचमा समानता ल्याउन जरुरी छ । १४औँ महाधिवेशनको संघारमा आइपुग्दासमेत नेपाली कांग्रेसले आठ तहको संरचनामा मात्रै विधानमा बल्लतल्ल ३३ प्रतिशत महिलाको उपस्थिति हुने भनिएको छ ।

१४औँ महाधिवेशनको संघारमा आइपुग्दासमेत नेपाली कांग्रेसको आठ तहको संरचनामा मात्रै विधानमा बल्लतल्ल ३३ प्रतिशत महिलाको उपस्थिति हुने भनिएको छ । तर, केन्द्रीय समितिमा केवल एक सहमहामन्त्रीबाहेक अन्य तहको कुनै निकायमा पदाधिकारीमा महिला अनिवार्य छैन ।

तर, केन्द्रीय समितिमा केवल एक सहमहामन्त्रीबाहेक निर्णायक तह अर्थात् पदाधिकारीमा महिलाको प्रतिनिधित्व अन्य तहका कुनै निकायमा अनिवार्य गरिएको छैन । मात्रै ३३ प्रतिशत सहभागिता छ । निर्णायक तहमा महिला नहुँदा एकातर्फ प्रतिस्पर्धामा उत्रन पनि अब महिला नेताले आफूलाई अझ सशक्त बनाउँदै जानुपर्नेछ भने अर्कोतर्फ पार्टीले महिलालाई पदाधिकारीमा लैजाने अनिवार्य व्यवस्था मिलाउन जरुरी छ । यसरी तल्लो निकायदेखि माथिल्लो निकायसम्म केवल सदस्य पदमा मात्र आरक्षण गरिएकाले अबको महाधिवेशनमा चुनिएर आउने ३३ प्रतिशत महिला प्रतिनिधिको मत निर्णायक हुँदै अबको कांग्रेसको भावी सभापति एवं पदाधिकारी को बन्छ भन्ने कुरा त्यसैले निर्धारण हुने देखिन्छ । तर, निर्णायक मत हुने महिलाको उपस्थितिलाई उपसभापति, महामन्त्री र कोषाध्यक्ष पदमा लैजाने सोच नेतागणमा अझै देखिँदैन । यसलाई विडम्बना नै भन्नुपर्दछ ! त्यस्तै, महिलाले पनि महिला–महिलाबीच एकता कायम गरी निर्णायक तहमा पुग्न खुला प्रतिस्पर्धामा उत्रन खुट्टा कमाउनु हुँदैन । 

कांग्रेसभित्र महिलाको भूमिका : नेपाली कांग्रेसभित्र महिलाको भूमिकालाई औँल्याउने हो भने पार्टीले गरेका हरेक आन्दोलन र संघर्षमा काँधमा काँध र हातमा हात मिलाएर साथसाथै होमिएको देखिन्छ । महिला संघको संस्थापक अध्यक्ष मंगलादेवी सिंहले ००४ सालमा महिला संघको स्थापना गरी प्रजातन्त्र प्राप्ति एवं महिला मुक्तिका लागि खेलेको अहम् भूमिका, महिला मताधिकारका लागि तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरलाई दबाब दिएको घटना, ०१५ सालको आमनिर्वाचनमा निर्वाचित भई स्वास्थ्य सहायकमन्त्री बन्न सफल हुनुभएका द्वारिकादेवी चन्द ठकुरानीले गर्नुभएको योगदान आदिले नेपालको महिला आन्दोलन गौरवान्वित भएको देखिन्छ । तर, जिम्मेवारीको हिसाबले केलाएर हेर्ने हो भने बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि वरिष्ठ महिला नेता शैलजा आचार्य पार्टी उपसभापति र उपप्रधानमन्त्री, ०४६ सालको परिवर्तनपछि सुजाता कोइराला उपप्रधानमन्त्री, चित्रलेखा यादव उपसभामुख र कोषाध्यक्ष तथा सीतादेवी यादव कोषाध्यक्ष बन्न सफल भएको देखिन्छ । तर, त्यसपछिका महिलाले मन्त्रिमण्डलमा स्थान पाए तापनि पदाधिकारीको पदमा स्थान पाउन सकेका छैनन् । पछिल्लो समय पार्टीले महिला नेतृत्वलाई निर्णायक तहमा लैजान चासो नदेखाएको देखिन्छ । 

कांग्रेसमा महिला नेतृत्व नै किन ? : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महिला नेतृत्व किन आवश्यक छ भन्ने अहम् प्रश्न उब्जिएको छ । महिला नेताहरूले सभापति पदमा उठ्न कुनै इच्छा नदेखाए तापनि पदाधिकारी बन्न आकांक्षा देखाएको पाइन्छ । त्यसैले नेपाली कांग्रेसले महिलालाई नेतृत्वमा स्थापित गराउन अपरिहार्य छ । समानता र समावेशीका लागि, नेपालको संविधानले पनि समानुपातिक र समावेशी प्रतिनिधित्वको व्यवस्था गरेका महिला र पुरुषबीच समानता कायम गर्न लागि महिलालाई पदाधिकारीमा लैजानुपर्दछ । किनकि, हामी समावेशी लोकतन्त्रको अभ्यास गरिरहेका छौँ । समावेशी लोकतन्त्रमा सबै वर्ग, तह र तप्काको समान रूपले प्रतिनिधित्व हुने गर्दछ । सन्तुलित विकासका लागि पनि महिला नेतृत्वको अपरिहार्यता छ । महिला र पुरुष यही समाजका उपज हुन् ।

तर, एउटा मात्र वर्गलाई अधिकारसम्पन्न बनाउँदा विकासको मूल प्रवाहीकरणमा महिला पुग्न सकेका छैनन् र आधा जनसंख्या छुट्न पुग्छ । त्यसैले हरेक तहमा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रको सन्तुलित विकासका लागि पनि महिलालाई नेतृत्व तहमा लैजानुपर्दछ । विभेदको अन्त्य, नेपाली समाजमा सदियौँदेखि लैंगिक विभेदले जरो गाडेको छ । रूढिवादी परम्परा, पितृसत्तात्मक संरचना एवं असमानताको महिलामाथि दमन, शोषण, थिचोमिचो एवं राजनीतिक हिंसा अन्त्यका लागि पनि महिलालाई निर्णायक तहमा लैजानुपर्दछ । महिलाहरू इमानदार र मिहिनेती हुन्छन् । उनीहरूले अवसर पाएमा इमानदारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न सक्छन् भन्ने उदाहरण नेतृत्वमा पुगेका महिलाले प्रस्तुत गरिसकेका छन् । एकता र मेलमिलाप, पार्टीभित्र चरम गुटबन्दीका कारणले नेपाली कांग्रेस आफैँमा कमजोर देखिएको छ । व्यक्तिवादी सोच र महत्वाकांक्षाका कारण पार्टी सशक्त रूपमा अगाडि बढ्न सकिरहेको छैन । त्यसैले नेता र कार्यकर्ताबीच आत्मीयता, एकता र मेलमिलापको मियो महिला मात्र बन्न सक्दछन् । 

नेतृत्व तहमा महिला स्थापित गर्न अब के गर्ने ? : नेतृत्व तहमा महिला स्थापित गर्न हामीले विभिन्न कुरामा ध्यान दिन जरुरी छ । विधानमा सुधार– नेपाली कांग्रेसको अहिलेको संशोधित विधानमा रहेको ३३ प्रतिशतको उपस्थितिलाई सिँढी मानेर ५० प्रतिशतको हाराहारीमा पुर्‍याउनुपर्दछ । नेतृत्व क्षमताको विकास, महिलालाई नेतृत्वमा स्थापित गराउने हो भने वडा र गाउँ तहदेखि नै महिला नेतृत्व विकासको तालिम दिएर उनीहरूको योग्यता र क्षमता बढाउनुपर्दछ । सामाजिक र पारिवारिक वातावरण– महिलालाई अगाडि ल्याउन सर्वप्रथम परिवारको सहयोग अनिवार्य हुन्छ । पारिवारिक सहयोगले मात्र सामाजिक वातावरण तयार भई राजनीतिक नेतृत्वमा पुग्न सफल हुन्छन् । त्यसैले सामाजिक र पारिवारिक वातावरण महिलामैत्री हुनुपर्दछ । आर्थिक सशक्तीकरण– महिलाहरू आत्मनिर्भर नभएका कारण राजनीतिमा सशक्त रूपमा अगाडि बढ्न सकेका छैनन् । त्यसैले उनीहरूलाई आर्थिक रूपले सशक्तीकरण र सबलीकरण गर्न अत्यन्त जरुरी छ । नेतृत्वको सोच र शैलीमा परिवर्तन, महिलालाई नेताको रूपमा स्वीकार नगर्ने, पार्टीको आमसभा र कार्यक्रममा झन्डा र डन्डा बोक्न लगाउने, आमनिर्वाचनमा प्रत्यक्षमा टिकट नदिने सोच र शैलीलाई नेतृत्ववर्गले सुधार गर्नुपर्दछ । 

महिला आफैँ सक्रिय हुनुपर्ने : अहिलेसम्म नेपाली कांग्रेसको परम्परालाई हेर्दा महिला नेताहरूले पार्टी शीर्षस्थ नेतृत्वको मुख मात्र ताक्ने, सम्पूर्ण महिलालाई एकीकृत गरी सक्रिय नहुने जुन प्रवृत्ति छ, त्यसलाई तिलाञ्जली दिँदै अगाडि बढ्नुपर्दछ । महिलाबीचको सम्बन्ध– महिला–महिलाबीचको सम्बन्ध घर, समाजदेखि नेतृत्व तहसम्म राम्रो भएको पाइँदैन । जस्तो, सासू–बुहारीबीचको सम्बन्ध, समाजका टाठाबाठा र अन्य महिलाबीचको सम्बन्ध, राजनीतिक नेतृत्व तहमा पुगेका महिला–महिलाबीच पनि पारस्परिक सहयोग, साझेदारी र एकता भएको देखिँदैन । यो कमजोरीलाई हामी सबैले आत्मसात् गर्दै कांग्रेसको १४औँ महाधिवेशनमा महिलालाई निर्णायक तहमा पुर्‍याउन सबैले अहम् भूमिका खेल्नुपर्दछ । 

ad
ad