मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ भदौ २२ सोमबार २०:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाघको आक्रमणबाट भरतपुरमा एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २२ सोमबार २०:२९:००

वनमा घाँस काटिरहेको वेला बाघले आक्रमण गर्दा भरतपुर महानगरपालिका– १३ उज्ज्वलनगरका ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको छ । बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनभित्र घाँस काटिरहेका महतोलाई सोमबार बाघले आक्रमण गर्दा घटनास्थलमा नै मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्य थापाका अनुसार बिहान ८ बजे वनमा घाँस काट्न गएका उनको बाघले घाँटीभन्दा माथिको भाग खाइसकेको अवस्थामा शव फेला परेको हो । उनीसँगै गएका साथीले बाघले आक्रमण गरेको सूचना दिएपछि प्रहरी र वन समितिको टोली उद्धारका लागि गएको थियो । उनको शव दिउँसो ३ बजेतिर राप्ती नदीबाट १० मिटर पर फेला परेको थियो । 

बाटुली पोखरी मध्यवर्ती सामुदायिक वनका अध्यक्ष हरिदत्त मिश्रले घटनाका कारण एक साता वन प्रवेशमा रोक लगाएको जानकारी दिए । वनछेउका मानिसलाई घरबाहिर ननिस्कन पनि आग्रह गरेको उनले बताए । घटनास्थल सदरमुकाम भरतपुरबाट १८ किलोमिटर दक्षिण–पश्चिमतर्फ पर्छ ।