मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ २२ सोमबार १३:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तनहुँमा जिप दुर्घटना, एकको मृत्यु, सात घाइते

Read Time : < 1 मिनेट
२०७७ भदौ २२ सोमबार १३:५७:००

तनहुँमा बोलेरो  जिप दुर्घटना हुँदा  एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका– ५ का ५५ वर्षीय राजकुमार श्रेष्ठ रहेका छन् । त्यस्तै जिपमा सवार अन्य सातजना घाइते भएका छन् ।

घाइते हुनेमा जिपचालक म्याग्दे गाउँपालिका– ७ का होमबहादुर श्रेष्ठ, व्यास नगरपालिका– ५ का ४९ वर्षीय सन्तकुमार श्रेष्ठ, सोही ठाउँका ५२ वर्षीय मधुसूदन श्रेष्ठ, ५१ वर्षीय रामकुमार श्रेष्ठ, ४५ वर्षीय अनन्तकुमार श्रेष्ठ, ४० वर्षीय आरती श्रेष्ठ र ३४ वर्षीय संगीता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।  

सोमबार चापाघाटबाट खाल्टेतर्फ जाँदै गरेको ग.१च ७१२८ नम्बरको बोलेरो जिप रिसिङ गाउँपालिका– १ खाल्टेमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । 

‘आफन्तको निधन भएको घरमा भेटी लिएर जाने क्रममा जिप अकस्मात् अनियन्त्रित भई दुर्घटना भएको हो,’ उनले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा दमौली अस्पतामा मृत्यु भएको हो ।’

दुर्घटनामा घाइते भएका केहीकोे दमौली अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते भएकालाई मणिपाल शिक्षण अस्पताल पोखरा रिफर गरिएको प्रहरीले जनाएको छ । आठजना यात्रु सवार जिप सडकबाट ७० मिटर तल देउली खोलाको किनारामा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।