मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २२ सोमबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरीमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २२ सोमबार ०६:०५:००

 महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकका लागि कोभिड–१९ को पिसिआर परीक्षणका साथै अन्य स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरीसँग सम्झौता गरेको छ । सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका हुन् ।   

सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरीमा उपचार गराउँदा विभिन्न सेवाशुल्कमा छुट पाउने जनाइएको छ । जनरल प्याथोलोजी टेस्टमा अधिकतम २५ प्रतिशत र पिसिआर टेस्टमा अधिकतम १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ । बैंकले देशका विभिन्न भागमा १ सय २ शाखामार्फत सेवा दिइरहेको जनाएको छ ।