मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २२ सोमबार ११:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इस्माका एक युवाको कुटपिटबाट मृत्यु

Read Time : < 1 मिनेट
२०७७ भदौ २२ सोमबार ११:०१:००

गुल्मीको इस्मा गाउँपालिका– २ हस्तिचौरका एक युवाको कुटपिटबाट ज्यान गएको छ ।

इस्मा गाउँपालिका– १ हस्तिचौरको छिन्नाखेलामा होटेल सञ्चालन गर्दै आएका २३ वर्षीय मोतीबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए । मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल सञ्चालन गर्दै आएका थिए ।

आफू ९ बजे घर गएको र सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताए । कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठको भनाइ छ ।

अचेत कुँवरको  उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो । ‘अस्पताल ल्याउँदा मृत्यु भइसकेको थियो, अस्पतालले मृत्यु घोषणा मात्रै गरेको हो,’ गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले भने, ‘बाटोमै ज्यान गएको हुनुपर्छ ।’ अहिले जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटनास्थल गएको छ ।