मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:५७:००
Read Time : < 1 मिनेट
खेलकुद

इपीएल क्वालिफायर्स : ललितपुर फाइनलमा, काठमाडाैं १ विकेटले पराजित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ३ मंगलबार १५:५७:००

एभरेष्ट प्रिमियर लिग अन्तर्गत क्वालिफायर्सकाे खेलमा ललितपुर प्याट्रियट्सले काठमाडाैं किंग्स इलाभेनलार्इ १ विकेटले पराजित गरेकाे छ । काठमाडाैंले दिएकाे एक सय ९ रनकाे लक्ष्य ललितपुरले ९ विकेटकाे क्षतिमा १ बल अघि पुरा गर्याे ।  

लक्ष्य पछ्याउने क्रममा ललितपुरका लागि कुशल भुर्तेले सर्वाधिक २९ रन, याेगन्द्रसिंह कार्कीले २८ रन, कप्तान ज्ञानेन्द्र मल्लले २१ रन र पवन सफारले १९ रनकाे याेगदान गरे । काठमाडाैंका लागि प्रदिप साहुले सर्वाधिक ३ विकेट लिए । राेशन मुस्तफा र केभिन अाेब्रायनले समान २ विकेट लिए भने साम्सद शेखले १ विकेट लिए । 

यसअघि टस जितेर बलिङ राेजेकाे काठमाडाैंलार्इ ललितपुरले एक सय ८ रनमा राेकेकाे हाे । काठमाडाैंलार्इ सस्तैमा राेक्नका लागि पवन सफार र याेगन्द्र सिंह कार्कीले समान ३ विकेट लिए । सन्नि पटेलले  २ विकेट लिए भने ललितराजवंशीले १ विकेट लिए । सामान्य ब्याटिङ गरेकाे काठमाडाैंका लागि राेशन मुस्तफाले ३२ रन, सागर पुनले २९ रन र सिद्धान्त लाेहनिले १६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दाेहाेराे अंक छुन सकेनन् । 

अाजकाे जितसँगै ललितपुर फाइनलमा पुगेकाे छ । काठमाडाैंले भने बुधबार भैरहवा ग्याडियटर्स र चितवन टाइगर्सबीच हुने एलिमिनेटर खेलकाे विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ ।