१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
विदुर पौडेल
२०७७ भदौ २१ आइतबार १६:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विप्लव माओवादीका दुई विद्यार्थी नेताले गरे आत्मसमर्पण

Read Time : < 1 मिनेट
विदुर पौडेल
२०७७ भदौ २१ आइतबार १६:३४:००

विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका दुई नेताले आइतबार आत्मसमर्पण गरेका छन् । 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा उनीहरूले सुरक्षा निकायका प्रमुखसमक्ष आत्मसमर्पण गरेका हुन् ।

आत्मसमर्पण गर्नेमा अखिल क्रान्तिकारी (विप्लव)का जिल्ला अध्यक्ष कमलामाई नगरपालिका– २ निबुवाटार स्थायी ठेगाना भएका सविन श्रेष्ठ र जिल्ला उपाध्यक्ष तीनपाटन गाउँपालिका– ५ सहरे स्थायी ठेगाना भएका होमबहादुर सार्की रहेका छन् । 

उनीहरूले विगतमा आफूहरूले गल्ती गरेको स्वीकार गर्दै अब उप्रान्त कुनै पनि राज्यले प्रतिबन्ध लगाएको राजनीतिक दल तथा राज्य विरुद्धको गतिविधिमा संलग्न नहुने प्रतिबद्धता जाहेर गरेका छन् । 

विगतमा केही प्रलोभनमा परेर गल्ती–कमजोरी गरेकाले त्यसको पश्चात्ताप गर्न अहिले आत्मसमर्पण गरेको उनीहरूले बताए । 

शिक्षा क्षेत्रको आमुल परिवर्तनको सपना बोकेर नेकपाको राजनीतिमा सक्रिय भएको भए पनि पार्टीको सिद्धान्त र अहिलेको हिँडाइमा त्यस गन्तव्यमा नपुगिने भएकाले पार्टी परित्याग गरेको श्रेष्ठ र सार्कीले बताए । 

जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गर्दै नेताद्वयले यसउप्रान्त विप्लव माओवादीसँग कुनै पनि सम्बन्ध नराख्ने र राखेको पाइएमा नेपालको संविधान र प्रचलित कानुनबमोजिम कारबाही सहन–भोग्न मञ्जुर रहेकोसमेत प्रतिबद्धता जनाएका छन् ।