मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेजको कार्यकारी प्रमुखका लागि भट्ट, गौचन र काफ्ले सिफारिस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:००:००

विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)को कार्यकारी निर्देशकका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । सेज प्राधिकरण कार्यकारी निर्देशक सिफारिस समितिले मसेल–२ गोरखाका चण्डिकाप्रसाद भट्ट, तमाम–८ बाग्लुङका योगेन्द्र गौचन र व्यास–५ तनहुँका रघुराज काफ्लेको नाम सिफारिस गरेको हो । सिफारिसमा परेका तीनमध्ये एकलाई सरकारले सेजको कार्यकारी निर्देशकमा नियुुक्ति गर्नेछ । 

सेज प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिका लागि योजना आयोगका सदस्य रामकुमार फुुँयाल संयोजकत्वको सिफारिस समितिले ३० असोज ०७६ मा दरखास्त आह्वान गरेको थियो । तर, झन्डै एक वर्षपछि नाम सिफारिस गरेको हो । छनोटको कार्यविधि निर्माणलाई लामो समय लागेको तथा कोभिडका कारण छनोट प्रक्रियामा ढिलाइ भएको संयोजक फुँयालले बताए । 

सेज प्राधिकरणको कार्यकारी निर्देशकका लागि प्राप्त आवेदनमध्येबाट ५ जनाको नाम सर्ट लिस्ट गरिएको थियो । जसमा भट्ट, गौचन र काफ्लेसहित भानुु–६ तनहँुका शिवकुमार दाहाल र कालिञ्चोक–९ दोलखाका डा. प्रदीपकुमार मैनालीसमेत थिए ।