Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एकीकृत साकोसद्वारा मास्क र स्यानिटाइजर वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:००:००

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको एकीकृत बचत तथा ऋण सहकारी संस्थाले जोरपाटीको माकलबारी क्षेत्रमा मास्क र स्यानिटाइजर वितरण गरेको छ । पछिल्लो समयमा वडा नम्बर ५ र ६ मा कोभिड–१९ को संक्रमण बढ्दोक्रममा देखिएकाले संस्थाले मास्क नलगाउने सर्वसाधारण र श्रमिक वर्गलाई मास्क र स्यानिटाइजर वितरण गरेको हो । 

अहिलेको अवस्थमा पनि मास्क नलगाई हिँड्नेको संख्या बढेको देखिएपछि जनचेतना फैलाउनुका साथै मास्क र स्यानिटाइजर वितरण गरिएको संस्थाका अध्यक्ष देवनारायण चौलागाईंले बताए । उनले भने, ‘मानिसहरू मास्क किन्न नसक्ने र साबुनपानीले हात धुन नसक्ने अवस्थामा नगण्य मात्रामा मात्र होलान्, तर बेवास्ता र लापरबाही गर्नेको संख्या बढी देखिएकाले जनचेतनाका लागि सामाजिक दूरी कायम गर्दै हामीले वितरण गरेका हौँ ।’

करिब ४ सयवटा स्यानिटाइजर र ५ सयभन्दा बढी मास्क वितरण गरिएको उनले जानकारी दिए । मास्क तथा स्यानिटाइजर वितरणमा संस्थाका १ दर्जनभन्दा बढी सदस्य सक्रिय थिए । संस्थाका सदस्यहरूलाई पनि आवश्यक स्वास्थ्य परामर्शको व्यवस्था गरिएको चौलागाईंले बताए ।