१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:४०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेल आजियाटाको एसइई विद्यार्थीका लागि ‘पहिलो सिम’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ २१ आइतबार ०६:४०:००

एनसेल आजियाटा लिमिटेडले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)का विद्यार्थीका लागि ‘पहिलो सिम’ अफर ल्याएको छ । कम्पनीले एसइईका विद्यार्थीले १ रुपैयाँमा प्रिपेड सिमको खरिदका साथै निःशुल्क माइफाइभ सेवा र बोनस डेटाको फाइदा दिने योजना ल्याएको हो । 

 सिम लिएपछि निःशुल्क माइफाइभ सेवाका लागि आफूलाई सधैँ सम्पर्कमा रहिरहनुपर्ने पाँचवटा एनसेल नम्बरहरू सजिलैसँग माइफाइभ समूहमा सेट गर्न सकिने कम्पनीले जनाएको छ । नम्बरहरू माइफाइभ समूहमा राखेपछि पहिलो ३० दिनसम्म ती नम्बरहरूमा निःशुल्क कुराकानी गर्न सक्ने जनाइएको छ ।

३० दिनपछि ११ महिनासम्म प्रतिमिनेट ९९ पैसामा कुरा गर्न सकिने कम्पनीले जनाएको छ । पहिलो सिम सुचारु गरेपछि सुचारु गरेको पहिलो दिनको मध्यरात सम्ममा १ सय रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ३० दिनसम्म हरेक दिन १ सय एमबी डेटा बोनसका रूपमा प्राप्त गर्ने जनाइएको छ ।