१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २० शनिबार १६:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अल्का अस्पतालकी कर्मचारीको शव फेला, हत्याको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २० शनिबार १६:४०:००

ललितपुरको लेलेमा अल्का अस्पतालकी कर्मचारी गीता केसीको शव फेला परेको छ । 

केही दिनदेखि हराइरहेकी उनको शव गोदावरी नगरपालिका– १० स्थित लेलेको जंगलमा फेला परेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । उनको हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ । 

तीन दिनअघि हराएको भन्दै ललितपुरस्थित प्रहरी कार्यालयमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा खोजी गर्ने क्रममा उनको शव फेला परेको कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी  दिए ।  

गएराति शव फेला परेको र शव परीक्षणका लागि पाटन अस्पतालमा ल्याइएको छ । शव परीक्षणपछि मात्रै यकिन कारण खुल्ने जनाइएको छ । उक्त घटनाको अनुसन्धानका क्रममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

ललितपुरका प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार उनी १७ गते हराएकी थिइन् । शुक्रबार बेलुका लेलेस्थित सामुदायिक वन क्षेत्रमा उनको शव फेला परेको थियो ।

राति घटनास्थल सुरक्षित राखेर फर्किएको टोलीले आज बिहान गएर शव उठाएको थियो । आफन्तले आज उनकै शव भएको पुष्टि गरेको छ । अनुसन्धानका क्रममा उनका एकजना नातेदारलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक तामाङले जानकारी दिए । रासस