मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ २० शनिबार १६:१०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोसी अस्पतालमा एक कोराना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
२०७७ भदौ २० शनिबार १६:१०:००

विराटनगरस्थित कोसी अस्पतालमा शनिबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

कोसी कोभिड– १९ अस्पतालमा भर्ना भएर उपचार गराइरहेका मोरङ धनपालथान गाउँपालिका– ३ का ५५ वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोभिड अस्पताल प्रशासनका अनुसार मृतक पुरुष शुक्रबार उपचारका लागि भर्ना भएका थिए । 

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार शनिबारसम्म मोरङमा मृत्यु हुने संक्रमितको संख्या २१ पुगेको छ ।