१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ २० शनिबार ०९:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

बागमती सरकारले २ सय ४६ घर बनाउन ५२ करोड ६३ लाख खर्चिने

Read Time : > 1 मिनेट
२०७७ भदौ २० शनिबार ०९:५१:००

बागमती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत १० जिल्लामा २ हजार २ सय ४६ घर बनाउन ५२ करोड ६३ लाख खर्चिने भएको छ । गत आर्थिक वर्ष ०७६/७७ मा ४३ करोड बजेट छुट्याएको प्रदेश सरकारले क्रमागत योजनाअन्तर्गत चालू आव ०७७/७८ मा ८ करोड ६३ लाख विनियोजन गरेको हो ।

प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई जिम्मा दिएको जनता आवास कार्यक्रमअन्तर्गत गत आवसम्म ६ सय २० घर निर्माण भइसकेका छन् । मन्त्रालयका अनुसार चितवनमा ७ सय ६६, मकवानपुरमा ६ सय ५०, धादिङमा ३ सय ५०, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, सिन्धुली, रामेछाप, रसुवा र नुवाकोटमा ५०–५० घर निर्माण गर्ने योजना छ ।

चालू आर्थिक वर्षमा चितवन र मकवानपुरमा २–२ सय, धादिङमा १ सय, नुवाकोटमा ५०, रसुवा, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र दोलखामा ५–५ गरी ५ सय ८० घर निर्माण गर्ने लक्ष्य राखेको छ ।

एकीकृत बस्ती विकासका लागि ८ करोड ७० लाख 

बागमती प्रदेश सरकारले एकीकृत बस्ती विकास कार्यक्रमका लागि ८ करोड ७० लाख विनियोजन गरेको छ । प्रदेश सरकारले जनता आवासबाहेक एकीकृत बस्ती निर्माणका लागि चालू आर्थिक वर्ष ०७७/७८ मा ८ करोड ७० लाख विनियोजन गरेको हो । अति सीमान्तकृत माझी, मुसहर र चेपाङ समुदायका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । 

सरकारले सिन्धुलीको दुधौली नगरपालिकाको वडा नं. ७ र ९ मा एकीकृत मुसहर बस्तीका लागि १–१ करोड, दोलखाको भीमेश्वर–४ मा जिलु एकीकृत बस्तीका लागि २ करोड, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ र १२ का लागि प्रतिवडा १ करोड २५ लाख रकम छुट्याएको छ ।

यसैगरी, सिन्धुपाल्चोकको इन्द्रावती–५ मा एकीकृत माझी बस्तीका लागि १ करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्बुलिङ एकीकृत माझी बस्तीका लागि ३० लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमुना माझी बस्तीका लागि ४० लाख, धादिङमा चेपाङ एकीकृत बस्तीका लागि ४५ लाख बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।