१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २० शनिबार ०७:२९:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

खेलसँगै बडी बिल्डिङमा ध्यान दिने फुटबलर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २० शनिबार ०७:२९:००

विश्वमा यस्ता धेरै खेलाडी छन्, जो खेलसँगै बडी बिल्डिङमा ध्यान दिन्छन् । उनीहरूको चर्चा मैदान सँगसँगै बाहिर पनि बडी बिल्डिङका कारण त्यत्तिकै हुने गर्छ । आकर्षक जिउ बनाउन उनीहरूले दैनिक घन्टौँ जिमखानामा समय बताउँछन् । नियमित जिमखानामा रहने खेलाडीको शरीर लोभलाग्दो हुने गरेको पाउँछाैं । कतिपय खेलाडी सुरुमा राम्रो जिउ बनाउने पछि त्यसलाई नियमित नगरेको उदाहरण छन् । फुटबल, क्रिकेट, टेनिस, र बास्केटबल आदि खेलका खेलाडीले खेलसँगै बडी बिल्डिङलाई साथ लगेका छन् । अहिले फुटबलरका मात्र चर्चा गर्नेछौँ । 

क्रिस्टियानो रोनाल्डो

युवा अवस्थामा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको जिउ त्यति राम्रो थिएन । पाँचपटकका बालोन डिअर विजेता रोनाल्डोलाई एक दिन प्रशिक्षकले मैदानमा फिटनेस लेभल राम्रो पार्न बडी बिल्डिङको आवश्यकता रहेको सुझाब दिए । म्यानचेस्टर युनाइटेडमा रहँदासम्म रोनाल्डोले यसबारे त्यति ध्यान दिएनन् । जब उनी स्पेनिस क्लब रियल म्याड्रिडमा आए । त्यस बेला उनले खेलसँगै जिउ आकर्षक बनाउनेमा जोड दिए । लगातारको मिहिनेतका कारण नै रोनाल्डो अहिले आकर्षक शरीर भएका फुटबलरमा पर्छन् । यद्यपि ३४ वर्षका भए पनि रोनाल्डोको फिटनेस युवा अवस्थाकै जस्तो छ । ६ प्याक शरीर बनाएका रोनाल्डो भन्छन्, ‘मैले प्रशिक्षकको सुझाब मानेँ, त्यसपछि नियमित जिमखाना गएँ, जसले मैदानमा समेत सहयोग गरेको छ ।’ जिमखानामा जान अल्छी गरेको दिन शरीर त्यत्तिकै कमजोर भएको महसुस हुने उनले बताए । ‘नियमित रूपमा जिमखाना जानु र नजाँदा खेलमा असर गर्ने रहेछ,’ उनले भने, ‘यसकारण म फिटनेस लेभल एकनास गर्न घन्टौँ जिमखानामा बस्ने गर्छु ।’ 

माकुर्स रास्फोर्ड

१७ वर्षका हुँदा रास्फोर्ड युवा अवस्थामै थिए । हुर्किरहेको शरीरलाई आकर्षक बनाउन उनले बडी बिल्डिङलाई जोड दिए । यो तीन वर्षको अवधिमा उनले आफूलाई एक फरक फुटबलर बनाएका छन् । मैदानमा त्यतिकै जम्ने रास्फोर्ड शरीरलाई लोभलाग्दो बनाउन कति मिहिनेत गरेको स्पष्ट हुन्छ । रमाइलो पक्ष के छ भने खेलाडी भएर बडी बिल्डिङ गर्नुपर्छ भन्ने ज्ञान उनले रोनाल्डोबाट लिएका थिए । रास्फोर्डले बडी बिल्डिङमा रोनाल्डोलाई नै रोलमोडल बनाएका छन् । उनी भन्छन्, ‘मैले जिउ आकर्षक बनाउनुपर्छ भन्ने रोनाल्डोबाट सिकेको हुँ, युवा अवस्थादेखि नै उनलाई पछ्याइरहेको छु ।’ रास्फोर्डले आफ्नो जिमखानामा छुट्टै ट्रेनर राखेका छन् । 

रोवर्ट लेवान्डोस्की

यसपटक जर्मन क्लब बायर्न म्युनिखले छैटौँपटक युरोपियन च्याम्पियन्स लिग ट्रफी जित्दा पोल्यान्डका स्ट्राइकर रोवर्ट लेवान्डोस्कीको योगदान अधिक रह्यो । उनले यस सिजनको च्याम्पियन्स लिगमा १५ गोल गर्न सफल भए । मैदानमा निकै छाएका लेवान्डोस्की जब गोल गर्छन्, त्यस बेला उनको खुसियाली हेर्नलायक हुन्छ । निर्णायक गोल गरेको अवस्थामा उनी जर्सी फुकाल्छन् र आकर्षक शरीर देखाउँछन् । शरीर राम्रो बनाउन जिमखाना नियमित अभ्यास गर्नुका साथै डाइटमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने उनको बुझाइ छ । भन्छन्, ‘डाइटले पनि धेरै असर गर्छ, जबदेखि मैले डाइट परिवर्तन गरे, त्यस बेलादेखि मेरो शरीरको बनोट परिवर्तन भयो ।’ बिहानको समयमा धेरै पसिना बगाउँदा उनी सामान्य खाना र दूध लिने गर्छन् । उनी भन्छन्, ‘गाई र सोयाबिन दूध धेरै राम्रो हो, म कहिले पनि ड्रिंक्स गर्दिनँ ।’ 

सर्जियो रामोस

रियल म्याड्रिडका कप्तान सर्जियो रामोसको इन्स्ट्राग्राम हेर्नलायक छ । जुन बेला उनले अर्धनग्न भएको तस्बिर पोस्ट गर्छन्, हजाराैं युवतीको कमेन्ट्स आउँछन् । फुटबल क्षेत्रमा राम्रो शारीरिक बनोट भएकामध्ये रामोस पनि एक हुन् । स्पेनिस क्लब सेभिल्लामा रहँदा उनको जिउ त्यति राम्रो थिएन । म्याड्रिड आएपछि उनी फिटनेसतर्फ लागे । डिफेन्डरको जिम्मेवारीमा जबरजस्त देखिने रामोस अहिले दिनमा चार–पाँच घन्टा जिमखानामै बिताउने गर्छन् । उनको घरमा सानो जिमखाना छ । यहाँ उनले ब्रान्डेड सामग्री राखेका छन् । भन्छन्, ‘घरमै दैनिक जिम गर्छु, यसका साथै एक्सरसाइज पनि महत्वपूर्ण पक्ष हो ।’ दिनको सुरुवातमा उनी हलुका ब्रेकफास्ट लिन्छन् । आफ्नो नियमित डाइटबारे भन्छन्, ‘अक्सर मेरो दिनको सुरुवात कफीबाट हुन्छ, यसैगरी प्रोटिनले भरिएको पाउरोटी र अन्डा लिन्छु ।’ 

एलेक्सिस सान्चेज

चिलीका स्ट्राइकर एलेक्सिस सान्चेज आर्सनलमा रहँदा खुबै जमेका खेलाडी थिए । म्यानचेस्टर युनाइटेड हुँदै अहिले उनी सिरिए क्लब एसिमिलानमा छन् । पछिल्लो समयमा उनको खेलस्तरमा ह्रास आएको छ । गोल गरेपछि सान्चेज कहिलेकाहीँ जोसिँदा जर्सी फुकाल्ने गर्छन् । उनको शरीर हेर्दा सहकर्मी दंग पर्छन् । व्यावसायिक बडी बिल्डरकैजस्तै शरीर उनले बनाएका छन् । ५ फिट ६ इन्च कदका सान्चेजले दैनिक दुई घन्टा जिमखानामा समय दिन्छन् । 

मारियो बालोटेली

सन् २०१२ को युरोकपमा जर्मनीविरुद्ध निर्णायक गोल गरेपछि इटालीका स्ट्राइकर मारियो बालोटेलीले आफ्नो सिक्स प्याक शरीर संसारलाई नै देखाए । गोलभन्दा पनि उनको आकर्षक शरीरकै चर्चा बढी भयो । मैदानमा सधैँ फिट रहने बालोटेली पनि जिमखानामा धेरै समय दिने पर्छन् । बालोटेली अहिले सक्रिय खेल जीवनमा छैनन् । बेला बेलामा डिस्कोमा मचाउने काण्डका कारण उनी चर्चामा आउने गर्छन् ।