मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १९ शुक्रबार २२:०१:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कटुवा पेस्तोलसहित तीनजना पक्राउ

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार २२:०१:००

प्रहरीले कटुवा पेस्तोलसहित सिराहामा तीनजनालाई पक्राउ गरेको छ । मिर्चैया नगरपालिका– ५ बारबिघानजिकै मोटरसाइकल चेकजाँच गर्दा पेस्तोल बरामद भएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

को.३५प ४०१३ नम्बरको मोटरसाइकलबाट पेस्तोल बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्चार्ज डिएसपी सन्तुलाल जैसवालले बताए । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका– ६ का २० वर्षीय अजय शर्मा, मिर्चैया– ५ का १९ वर्षीय ज्ञानु मण्डल र सोही ठाउँका ३९ वर्षीय रमेश साह रहेको डिएसपी जैसवालले बताए ।