१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १९ शुक्रबार १५:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घाइतेको उपचार सहयोगार्थ चौतारी समूहले जुटायो साढे चार लाख

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १५:२१:००

काम गर्ने क्रममा लडेर घाइते भएका सर्लाहीको हरिवन नगरपालिका– ८ का ३४ वर्षीय भोजबहादुर मगरको उपचारार्थ स्थानीय चौतारी युवा समूहले साढे चार लाख रुपैयाँभन्दा बढी सहयोग जुटाएर हस्तान्तरण गरेको छ ।

केही महिनाअघि काम गर्ने क्रममा लड्दा मगरको मेरुदण्डमा गम्भीर चोट लागेको थियो । चोटका कारण उनका दुवै खुट्टा नचल्ने अवस्थामा पुगेकाे छ । मगरको हाल काभ्रेको एक अस्पतालमा उपचार भइरहेको छ ।

समूहको १७औँ वार्षिकोत्सवको अवसरमा मगरलाई सहयोग हस्तान्तरण गरिएको संस्थाका संस्थापक अध्यक्ष रोशन दवाडीले बताए । समूहले देशविदेशबाट चार लाख ६६ हजार चार सय ८६ रुपैयाँ नगद जुटाएको थियो । 

‘देशविदेशका मनकारी साथीहरूबाट हामीले सहयोग संकलन गरेका हौँ,’ दवाडीले भने, ‘भोजबहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुवै नाजुक भएको पाएपछि हामीले उपचारमा सहयोग संकलन अभियान चलाएका छौँ ।’

लामो समय भक्तपुरको मध्यपुर थिमि अस्पतालमा उपचार गराएका मगरको हाल काभ्रेको एक अस्पतालमा उपचार भइरहेको दवाडीले जानकारी दिए।

भोजबहादुरलाई भेटेरै आर्थिक सहयोग गर्ने तयारी भए पनि अस्पतालमै रहेका उनमा कोरोना संक्रमण पनि देखिएपछि अन्य माध्यमबाट सहयोग प्रदान गरिएको उनले बताए । ‘पहिलो चरणको सहयोग हस्तान्तरण गरेका छाैँ,’ दवाडीले भने, ‘अझ सहयोग जुट्दै जाँदा थप सहयोग गर्छौं ।’