१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १५:१५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गाेंगबु हत्याकाण्ड : कल्पना मुडभरी पुर्पक्षका लागि जेल चलान, छोरीलाई सुधारगृह पठाउन आदेश

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १९ शुक्रबार १५:१५:००

कृष्णबहादुर बोहरा हत्या अभियोगमा पक्राउ परेकी चितवन शक्तिखोरकी ३७ वर्षीया कल्पना मुडभरी (पौडेल)लाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बोहरा हत्या मुद्दामा भएको थुनछेक बहसपछि अदालतले कल्पनालाई थुनामा राख्ने आदेश दिएको सरकारी वकिल कार्यालयका सूचना अधिकारी मोहिनप्रसाद जोशीले बताए ।

अभियोगमा जोडिएकी उनकी १५ वर्षीया छोरीलाई भने अदालतले सुधारगृहमा पठाउने आदेश दिएकाे छ ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी सञ्जीव पोखरेलका अनुसार कल्पनालाई केन्द्रीय कारागार र उनकी छोरीलाई भक्तपुरस्थित बाल सुधार गृह पठाउने अदालतले बिहीबार आदेश दिएको हाे ।

रोल्पाका कृष्णबहादुरको गत २४ साउनमा हत्या भएको थियो । उनको शव घाँटी काटिएको अवस्थामा गोंगबुमा फेला परेको थियो ।

शरीरको भाग सुटकेसमा राखेर फ्यालेको र टाउको केही पर भेटिएको थियो ।