मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/एएफपी जेनेभा
२०७७ भदौ १९ शुक्रबार १२:४४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विश्वभर एक करोड ८६ लाखले जिते कोरोना 

Read Time : < 1 मिनेट
रासस/एएफपी जेनेभा
२०७७ भदौ १९ शुक्रबार १२:४४:००

विश्वभर कोरोना संक्रमणमुक्त हुनेको संख्या एक करोड ८६ लाख ६५ हजार सात सय ३७ पुगेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वभर हालसम्म दुई करोड ६४ लाख ७५ हजार पाँच सय ६८ जना संक्रमित भएको शुक्रबार जनाएको छ ।

हाल विश्वभर सक्रिय संक्रमित भने ६९ लाख ३६ हजार पाँच सय ४६ मात्र छन् । 

संक्रमणका कारण आठ लाख ७३ हजार दुई सय ८५ जनाको मृत्यु भएको डब्लुएचओले जनाएको छ ।

यी हुन् संक्रमणबाट बढी प्रभावित दश देश
एब्ल्युएचओका अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । दोस्रो बढी प्रभावितमा ब्राजिल रहेको छ ।

तेस्रो बढी प्रभावित भारत, चाेथौमा रुस, पाँचौंँमा पेरू रहेको डब्ल्युएचओले जनाएको छ । 

त्यसैगरी छैटौँमा कोलम्बिया, सातौँमा दक्षिण अफ्रिका, आठाैँमा मेक्सिको, नवौँमा स्पेन र दशौँमा अर्जेन्टिना काेराेना संक्रमणबाट बढी प्रभावित छन् ।