मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ १९ शुक्रबार ११:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपालका पन्ध्र असन्तुष्टि : प्रतिवेदन अमूर्त र अस्पष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ १९ शुक्रबार ११:१६:००

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको समस्या समाधान गर्न गठित कार्यदलले पार्टी विधानअनुसार एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको विषयमा स्पष्ट सुझाब दिन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबारको सचिवालय बैठकमा धारणा राख्दै नेपालले कार्यदलले बुझाएको प्रतिवेदनले महत्वपूर्ण विषयहरूमै अमूर्त र अस्पष्ट सुझाब दिएकाले धेरै कुरा सच्याउन जरुरी रहेको बताए । प्रतिवेदनले उठाएका विषयमा १५ बुँदामा आधारित भएर असन्तुष्टिसहितका प्रश्न उठाउँदै नेपालले विधानको धारा ४६ को व्यवस्थाअनुसार एक व्यक्ति, एक प्रमुख जिम्मेवारीलाई स्पष्ट पार्नुपर्ने सुझाब राखेका छन् । 

‘प्रतिवेदन वर्तमानको समस्या पन्छाउने साधन बन्नुहुँदैन, पार्टीभित्रका सम्पूर्ण समस्या समाधानकाे आधार बनोस्,’ नेपालको भनाइ उद्धृत गर्दै एक सचिवालय सदस्यले भने, ‘प्रतिवेदनमा धेरै कुरा अमूर्त र अपूर्ण छन्, जस्ताको तस्तै पास गर्न सकिँदैन । धेरै कुरा सच्याएपछि मात्र पास गर्न सकिन्छ ।’  

नेपालले विधानबाहिर गएर बैठकमा दुई अध्यक्ष र महासचिवले निर्णयको प्रस्ताव गर्ने सुझाब आएको भन्दै धारा ६० मा बहुमतको निर्णय पार्टी निर्णय भनिएकाले त्यसलाई प्रस्ट पार्नुपर्ने धारणा राखेका थिए । 

त्यस्तै, अध्यक्ष प्रचण्डलाई पूर्णतः कार्यकारी अधिकारको विषय प्रस्ट नपारिएको, गुटबन्दी र दाउपेच कोबाट कसरी भयो भन्नेजस्ता विषयलाई नखुलाइएको, पार्टीलाई विभाजनमा धकेल्ने कामका विषयमा दोषीलाई स्पष्ट रूपमा किटान नगरेको, दुई अध्यक्षको समन्वयमा पार्टी सञ्चालन गर्ने सुझाब दिएर कमिटीको महत्व र संस्थागत विधिलाई नजरअन्दाज गर्न खोजिएको धारणा पनि राखेका थिए ।