मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

३८ रेफ्रीको कोरोना बिमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:४०:००

पूर्वबक्सर ओमनारायण श्रेष्ठले ३८ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बिमा गरिदिएका छन् । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले आफ्नै खर्चमा रेफ्री जर्जको एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका हुन् ।

श्रेष्ठले आइबा अन्तर्राष्ट्रिय रेफ्री जर्ज रामचन्द्र थापामगर, तारामान श्रेष्ठ, राजन प्रजापतिलगायत ३८ जनाको कोरोना बिमा गरिदिएका छन् । जसमा १६ जना अन्तर्राष्ट्रिय रेफ्री जर्ज र २२ जना राष्ट्रिय जर्ज रहेका छन् । पूर्वबक्सर श्रेष्ठले अन्तर्राष्ट्रिय रेफ्री जर्जको कोरोना बिमाको पोलिसी आठौँ दक्षिण एसियाली खेलकुद (साफ) का स्वर्ण विजेता रामचन्द्र थापामगर र राष्ट्रिय रेफ्री जर्जको पोलिसी सुवर्ण सापकोटालाई हस्तान्तरण गरे ।

श्रेष्ठले यसअघि १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी १६ खेलाडी र दुई प्रशिक्षकको पनि एक लाख रुपैयाँको कोरोना बिमा गरिदिएका थिए ।