मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:३१:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आइपिएलबाट हटे मलिंगा

Read Time : < 1 मिनेट
एजेन्सी काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:३१:००

मुम्बई इन्डियन्सलाई आइपिएलअघि नै ठूलो झट्का लागेको छ । आइपिएल इतिहासकै सर्वाधिक विकेट लिने खेलाडी तथा मुम्बईका स्ट्राइक बलर लथिस  मलिंगा घरेलु समस्या देखाउँदै लिग नखेल्ने भएका छन् । मुम्बईले उनको स्थानमा अस्ट्रेलियन फास्ट बलर प्याट्रिसनलाई लागेको छ । मुम्बईले अस्ट्रेलियन बलर प्याट्रिसनसँग सम्झौता गरेको छ । 

मलिंगालाई रिप्लेसमेन्ट गरेका प्याट्रिसनको यो सिजन आइपिएल डेब्यु हुनेछ । यसअघि कोलकाता नाइट राइडर्ससँग जोडिए पनि उनले आइपिएल खेल्न पाएनन् । उनले अहिलेसम्म ३९ टी–२० खेल खेलेका छन् । जसमा २४.१२ को औसतमा ४७ विकेट लिएका छन् । यसै साता प्याट्रिसन मुम्बईको टोलीसँग आबद्ध हुनेछन् । 

मुम्बईका मालिक आकाश अम्बानीले मलिंगा नहुँदा आइपिएल खल्लो हुने बताएका छन् । ‘मुम्बईको मात्र नभएर मलिंगा आइपिएलकै लिजेन्डर खेलाडीमा पर्छन्, योपटक उनलाई हामीले मिस गर्ने छौँ,’ अम्बानीले भने, ‘मलिंगा मुम्बईकै बलिया खेलाडीमा पर्छन् ।’ 

टी–२० फर्म्याटमा मलिंगा दोस्रो सर्वाधिक विकेट लिने बलर हुन् । अघिल्लो साता मात्र वेस्टइन्डिजका डवाने ब्राभोले टी–२० फर्म्याटमा पाँच सय विकेट पुरा गरेका थिए । मलिंगाले अहिलेसम्म टी–२० खेलमा ३ सय ९० विकेट लिएका छन् । ब्राभोको नाममा पाँच सय चार विकेट छ । 

मलिंगाले अहिलेसम्म आइपिएलमा एक सय २२ खेलमा एक सय ७० विकेट हात पारेका छन् । सन् २०११ को सिजनमा उनले सर्वाधिक २८ विकेट लिएका थिए । आइपिएलको इतिहासमा धेरै डटबल फ्याँक्ने बलरमा मलिंगा दोस्रो नम्बरमा पर्छन् । अहिलेसम्म उनले ११ सय ५५ बल डट फ्याँके । भारतका हरभजन सिंह यो पक्षमा शीर्ष स्थानमा छन् । हरभजनले १२ सय ४९ बलडटका रूपमा फ्याँकेका छन् ।