मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:२८:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

श्रीलंका र पाकिस्तानमा टी–२० फ्रेन्चाइज लिगको तयारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार १७:२८:००

कोरोना भाइरस महामारी (कोभिड–१९) को बीच नै पाकिस्तान प्रिमियर लिग (पिएसएल) तथा लंका प्रिमियर (एलपिएल) लिग टी–२० फ्रेन्चाइज क्रिकेट लिग हुने भएका छन् । यो दुवै लिग विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को समाप्तिपछि हुने जनाइएको छ । 

आइपिएल यसपटक युएईमा हुँदै छ । यो १९ सेप्टेम्बरबाट सुरु हुन्छ । यसको समापन (फाइनल) १० नोभेम्बरमा हुने आइपिएलले जनाएको छ । आइपिएल सकिएको चार दिनपछि श्रीलंकामा लंका प्रिमियर लिग प्रारम्भ हुन्छ । यसको फाइनल ६ डिसेम्बरमा हुनेछ । उता पाकिस्तानको पिएसएलका चार खेल नोभेम्बरमै हुनेछन् । कोरोना भाइरसको महामारीका कारण पिएसएलले नोभेम्बरमा केवल चार खेलमात्र आयोजना गर्नेछ । 

पिएसएलका सबै खेल लाहोरमै हुने जनाएको छ । यदि कोरोना भाइरस नभएको भए एलपिएल लिग २८ अगस्टदेखि २० सेप्टेम्बरसम्म हुने थियो । कोभिड– १९ का कारण यसको मिति सारिएको हो । लंका प्रिमियर लिगमा पाँच टोलीको सहभागिता रहनेछ । कोलम्बो सुपर किंग्स, गाले लायन्स, केन्डी रोयल्स, जाफना सनराइजर्स तथा डाम्बुला क्यापिटल्स रहेका छन् । 

श्रीलंकाली मिडिया तथा समर्थकहरूले लंका प्रिमियरमा सहभागी भएका फ्रेन्चाइज टोलीका नाम आइपिएलकै जस्तो भएको जनाएका छन् । सामाजिक सञ्जालमा यसको विरोध पनि भइरहेको छ ।  लंका प्रिमियर लिगमा विश्वका चर्चित क्रिकेटर हुनेछन् । सन् २०१९ को विश्वकप विजेता इंग्ल्यान्डका फास्ट बलर प्लेकेट तथा उपविजेता न्युजिल्यान्डका टिम साउथीले प्रतिस्पर्धा गर्नेछन् । 

यस लिगमा ९३ अन्तर्राष्ट्रिय क्रिकेटले भाग लिने आयोजकले जनाएको छ । पाकिस्तानका अलराउन्डर मोहमद हफिज तथा वेस्टइन्डिजका ओपनर डवाने स्मिथको पनि सहभागिता रहनेछ । लंका प्रिमियर लिगको नियमअनुसार एक टोलीले प्रतिस्पर्धाको दौरान ६ जना विदेशी खेलाडी सहभागिता गराउन सक्छ । 

आइपिएलमा चारजना मात्र विदेशी खेलाडी मिल्ने प्रावधान छ । यो लिगमा आठ प्रशिक्षक हुनेछन् । श्रीलंकाको कोलम्बो, डाम्बुला, केन्डी तथा हवनटोटा सहरमा लिग हुनेछन् । पाकिस्तानको लिगमा १४ नोभेम्बरको दिन दुई खेल हुनेछन् ।