Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका संयुक्त राष्ट्रसंघ
२०७७ भदौ १८ बिहीबार १५:१२:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

कोरोनाले चार करोड ७० लाख महिलालाई अतिगरिबीतर्फ धकेल्छ : राष्ट्रसंघ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, संयुक्त राष्ट्रसंघ
२०७७ भदौ १८ बिहीबार १५:१२:००

विश्वभरि महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण आगामी वर्ष चार करोड सात लाख महिला अतिगरिबीतर्फ धकेलिने अनुमान गरिएको छ । 

संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक विवरणमा सन् २०२१ मा यस्तो असर देखिने उल्लेख गरिएको छ ।  

कोरोना भाइरसको महामारीले पुरुष र महिलाबीचको खाडललाई पनि नाटकीय हिसाबले वृद्धि गर्ने देखिएको प्रतिवेदनमा जनाइएको छ । 

संयुक्त राष्ट्रसंघको युएन वुमन र राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)ले महिलाहरूको गरिबीको अवस्था अत्यधिक बढ्ने चिन्ता व्यक्त गरेको छ । 

सन् २०१९ देखि सन् २०२१ सम्ममा महिलाको गरिबी वृद्धिदर २.७ प्रतिशतसम्म हुने अनुमान गरिएको छ ।

राष्ट्रसंघीय निकायहरूले कोरोना भाइरसले उत्पन्न गरेको महामारीबाट नौ करोड ६० लाख मानिस गरिबीको रेखामुनि पर्ने प्रक्षेपण गरेका छन् । तीमध्ये महिलाको संख्या चार करोड ७० लाख हुने अनुमान गरिएको हो । 

सर्वेक्षणकर्ता तथा अध्ययनकर्ताहरूले सन् २०३० सम्ममा मात्रै कारोना भाइरसको संक्रमण सुरु हुनुभन्दा अगाडिको अवस्थामा पुग्न सकिने विश्लेषण गरेका छन् । रासस (पिटिआई)