१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १८ बिहीबार १४:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिभिल अस्पतालका कर्मचारी पाँच दिनदेखि आन्दोलनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १८ बिहीबार १४:०४:००

स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवासुविधा वृद्धिलगायतका माग राखेर स्वास्थ्य सेवामा कुनै प्रभाव पर्न नदिई सिभिल अस्पतालका कर्मचारी विगत पाँच दिनदेखि आन्दोलनमा छन् । 

विगत दुई वर्षदेखि उठाउँदै आएका माग सुनुवाइ नभएको भन्दै कर्मचारीहरूले त्यसलाई सम्बोधन गर्न दबाबस्वरूप आन्दोलन गरेका हुन् । कोरोना महामारीको समयमा आन्दोलनले बिरामीलाई समस्या नहोस् भनेर कर्मचारीले खाजा खाने समयमा विरोध प्रदर्शन गर्दै आएका छन् । 

दिनभर बिरामीको उपचारमा खट्ने र दिउँसो खाजा खाने समयमा सबै भेला भएर केहीबेर विरोध जनाउने गरेकाे निजामती कर्मचारी अस्पताल कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले बताए । 

उनले भने, ‘हाम्रो आन्दोलन कोरोनालक्षित भएको हाेइन, विगत चार वर्षदेखि निरन्तर समस्याका कुरा राख्दै, वार्ता गर्दै आएका थियौँ । तर, समस्या समाधान गर्नेभन्दा पनि बल्झाउनेतर्फ प्रशासन लागेपछि आन्दोलन गर्न बाध्य भएका हौँ ।’ 

स्वास्थ्यकर्मी तथा कर्मचारीको तलब, सेवा–सुविधा, बढुवा, विनियमावली संशोधनलगायतका विषयमा आफूहरूले राखेका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए ।