१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ भदौ १७ बुधबार २०:२३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

दलितमाथि भएका आपराधिक घटनाको छानबिन गर्न प्रदेशमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा समिति गठन

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार २०:२३:००

प्रदेश २ का विभिन्न जिल्लामा दलित समुदायमाथि भएका आपराधिक घटनाहरूको छानबिन गर्न आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बुधबार बसेको जातीय विभेद तथा छुवाछुत अनुगमन समितिको बैठकले यादवको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो ।

घटनाको छानबिन गरी अनुगमन समितिमा प्रतिवेदन पेस गर्न आन्तरिक मामिलामन्त्रीलाई बैठकले निर्देशन दिएको छ । समितिमा प्रमुख प्रतिपक्षी दल नेकपाका सचेतक सुन्दर विश्वकर्मा, प्रदेश सभा सदस्य सुनितादेवी मोची, प्रमिलादेवी दास र प्रदेश प्रहरी प्रमुख सदस्यसचिव छन् । घटनाहरूको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन समयसीमा तोकिएको छ । 

भोकले मरेकाको परिवारलाई डेढ लाख सिफारिस
लकडाउनका वेला खाना नपाएर मृत्यु भएका सप्तरीका मलर सदा र उपचार खर्च तिर्न नसकी अस्पतालमै बन्धक बनेकी भुटनी देवीका परिवारलाई डेढ–डेढ लाख रुपैयाँ आर्थिक सहयोगका लागि बैठकले प्रदेश सरकारमा सिफारिस गरेको छ । यस्तै, समितिले रौतहटमा हत्या गरिएका निरञ्जन राम र मित्रादेवी बैठाको परिवारलाई पनि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।