मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ भदौ १७ बुधबार १७:१३:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कर्मचारीलाई कोरोना देखिएपछि जुम्लाका दुवै अदालत सिल 

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार १७:१३:००

उच्च अदालत सुर्खेत जुम्ला इजलास र जिल्ला अदालत जुम्ला दुवै सिल गरिएको छ । उच्च अदालत सुर्खेत जुम्ला इजलासका दुईजना र जिल्ला अदालतका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दुवै अदालत सिल गरिएको हो । 

उच्च अदालत सुर्खेत जुम्ला इजलासका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्दका अनुसार बन्दी प्रत्यक्षीकरण र कोरोना विषयका मुद्दाबाहेक अरू सबै सेवा बन्द गरिएको छ । उनले भने, ‘अदालतकै कर्मचारीमा कोरोना पुष्टि भएपछि न्यायालय सिल गर्नुपरेको हो ।’

यसैगरी जिल्ला अदालतका श्रस्तेदार कपिल पौडेलद्वारा जारी सूचनामा अदालत क्षेत्रमा थप संक्रमण फैलिन नदिन सिल गरिएको उल्लेख छ । १८ भदौदेखि लागू हुने गरी अर्काे सूचना जारी नहुँदासम्म सेवा प्रवाह बन्द गरिएको जनाइएको छ ।