मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
करण ताम्राकार डडेल्धुरा
२०७७ भदौ १७ बुधबार १५:४८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डडेल्धुराकोे आलितालमा सालको वन फँडानी गर्ने थप तीनजना नियन्त्रणमा

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
२०७७ भदौ १७ बुधबार १५:४८:००

डडेल्धुराको भित्री मधेस क्षेत्र आलितालमा सालको वन फँडानीमा संलग्न थप तीनजनालाई नियन्त्रणमा लिइएको छ । 

आलिताल गाउँपालिका– ८ गोदाम–डोला–चिरान चक्रपथ निर्माणका क्रममा अढाइ हजार क्युफिट काठ काटिएको प्रारम्भिक तथ्यांक छ ।

अवैध रूपमा रूख काटिएपछि वन डिभिजन कार्यालयले अनुसन्धान थालेको छ । अहिलेसम्म पाँचजना पक्राउ परेका छन् ।

वन कार्यालयले गाउँपालिकाको जवाफ मागेपछि थप तीनजनालाई पक्राउ गरिएको निमित्त वन अधिकृत डबलबहादुर बोहराले जानकारी दिए । 

निर्माण कम्पनी उग्रतारा कन्स्ट्रक्सनसँग सम्बन्धित एकजना र अरू दुईजना गरी तीनजनालाई नियन्त्रण लिएकोे उनले बताए । 

उनले नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान जारी रहेको बताए ।

यसअघि एकजना सामुदायिक वनका अध्यक्ष र एकजना गोलिया ताछ्न गएका स्थानीयलाई नियन्त्रण लिएको थियो ।

सडक निर्माणका लागि ठेकेदारसँगको सम्झौतामा प्रमुख प्रशासकीय अधिकृतले हस्ताक्षर गरेका थिए । अनुगमन समिति संयोजक उपप्रमुख भएकाले दुईजनासँग बयान लिइएको उनले बताए । 

बयान र गाउँपालिकाको जवाफका आधारमा तीनजनालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको उनको भनाइ छ ।

असार महिनामा सडक निर्माण गरिँदा सालका रूख काटिएका थिए । रूख काटिएको भदौ ३ गते मात्र वन कार्यालयले थाहा पायो । रूखका गोलिया बनाई लुकाइराखेको अवस्थामा ११ सय क्युफिटभन्दा बढी काठ बरामद गरिएको छ ।

त्यसैगरी १४ वटा सिंगो रूख काटिएको अवस्थामा फेला परेका थिए ।