१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १७ बुधबार १२:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ओखलढुंगामा एक स्वास्थ्यकर्मी र चार प्रहरीमा कोरोना देखियो 

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार १२:४८:००

ओखलढुंगामा हेल्थडेस्कमा खटिएकी एक स्वास्थ्यकर्मी र चारजना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको मुख्य नाका टोक्सेल हर्कपुरको हेल्थडेस्कमा केही महिनादेखि कार्यरत स्वास्थ्यकर्मी महिलामा कोरोना संक्रमण देखिएको हो ।

एक सय आठजनाको स्वाब परीक्षणका लागि पठाइएकामा बुधबार आएको रिपोर्टमा पाँचजनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । 

संक्रमित चारजना प्रहरीमध्ये एकजना विराटनगरबाट केही दिनअघि सरुवा भएर आएका थिए । अन्य तीनजना मानेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत थिए । 

कोरोना संक्रमण रोक्न नाकामा खटिएका स्वास्थ्यकर्मी र प्रहरीमा कोरोना संक्रमण देखिएपछि मानेभञ्ज्याङ क्षेत्रमा त्रास फैलिएको छ । 

टोक्सेल हर्कपुर माथिल्लो सगरमाथा क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका हो । सोलुखुम्बु, खोटाङ र ओखलढुंगा प्रवेश गर्ने मुख्य मार्गमा रहेको हेल्थडेस्कमा त्यस क्षेत्रबाट आवतजावत गर्ने सबै सवारी रोकेर चेकजाँच र विवरण इन्ट्री गर्ने गरिएको थियो ।

जिल्लामा यसअघि बाहिरबाट सरुवा भएर आएका प्रहरीमा कोरोना देखिए पनि जिल्लामै कार्यरत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा पहिलोपटक कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय ओखलढुंगाले जनाएको छ ।