मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १७ बुधबार ०९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
२०७७ भदौ १७ बुधबार ०९:११:००

लमजुङमा गर्भवती महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ  । मर्स्याङ्दी गाउँपालिका- ५ सन्जापुनिवासी २७ वर्षीया आइतमाया गुरुङलाई मंगलबार साँझ हेटिकोप्टरबाट उद्धार गरी पोखरा पठाइएको हो । 

सुत्केरी बेथा लागेपछि आइतमायालाई मंगलबार बिहान घेर्मु स्वास्थ्य चौकीमा ल्याइएको थियो । दिनभरकाे प्रयासबाट बच्चा जन्मन नसकेपछि उनलाई साँझ हेलिकोप्टरबाट उद्धार गरी पोखरा पठाइएको हो ।

गर्भवती महिलाको  पेटमा बच्चा उल्टो अवस्थामा रहेकाले सुत्केरी गराउन कठिन भएको घेर्मु स्वास्थ्य चौकीका इन्चार्ज मोती गुरुङले बताए। उनले भने, ‘तत्काल उद्धार गर्न नसके आमा र बच्चा दुवैको ज्यान जोखिममा हुन्थ्यो ।’

गर्भवती महिलाको ज्यान नै जोखिममा परेपछि थप उपचारका लागि गाउँपालिकाको अनुरोधमा गण्डकी प्रदेश सरकारले हेलिकोप्टर पठाएको इन्चार्ज गुरुङले बताए । गर्भवती महिलाको अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गर्भवती महिलाको ज्यान जोखिममा रहेको जानकारी पाउनासाथ मुख्यमन्त्रीसँग समन्वय गरिएको मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए । उनले भने, ‘मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तत्काल हेलिकोप्टर पठाएर गर्भवतीको उद्धार भयो ।’ गर्भवती महिलाको उद्धारका लागि संविधानसभा सदस्य जमिन्द्रमान घले, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले सहयोग गरेको अध्यक्ष गुरुङले बताए ।