मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १७ बुधबार ०६:०४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ज्योति लाइफको बोनस दर ४३ देखि ७५ रुपैयाँसम्म

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १७ बुधबार ०६:०४:००

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले २०७६ असार मसान्तसम्म जारी भएका बिमालेखको बोनस दर निर्धारण गरेको छ । कम्पनीले आव ०७५/७६ को बिमांकीय प्रतिवेदन बिमा समितिबाट स्वीकृत भएपछि बोनस दर प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि ७५ रुपैयाँसम्म हुने निर्धारण गरेको हो ।  

सावधिक जीवन बिमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्षको सावधिक जीवन बिमालेखका लागि ७५ रुपैयाँ बोनस दर तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजीवन जीवन बिमालेखका लागि ९ वर्षसम्म अवधिको ४३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ४५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वा सोभन्दा माथि वर्ष अवधिको बिमालेखमा ७५ रुपैयाँ बोनस दर तोकेको जनाएको छ ।

त्यस्तै, अग्रिम भुक्तानी जीवन बिमालेखका लागि १० देखि १४ वर्ष अवधिको ४३ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको बिमालेखमा ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको बिमालेखका लागि ५० रुपैयाँ बोनस दर तोकेको कम्पनीले जनाएको छ ।