मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ भदौ १६ मंगलबार २०:३६:००
Read Time : < 1 मिनेट
समाचार

चट्याङ लागेर ताप्लेजुङमा एकजनाको मृत्यु, पाँच घाइते

Read Time : < 1 मिनेट
२०७७ भदौ १६ मंगलबार २०:३६:००

फुङलिङ नगरपालिका– १० फुरुम्बुमा मंगलबार साँझ चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा दुईजना र सोही गाउँपालिकाको पेदाङमा तीनजना घाइते भएका छन् । 

फुरुम्बुकी ३० वर्षीया दुर्गा विष्ट भट्टराईको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार घरभित्र खाना बनाउँदै गर्दा दुर्गालाई चट्याङ लागेको थियो । 

यस्तै सिरिजंघा गाउँपालिकाको तेल्लोकमा मंगलबार साँझ परेको चट्याङ लागेर पाँचजना घाइते भएको र उनीहरूको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डिएसपी श्रेष्ठले बताए । 

तेल्लोकस्थित पेल्ट्रिक सेटको पावरहाउस र स्थानीय रामकुमार थेबे र राजकुमार थेबेको अलैँची बारीमा पनि चट्याङ परेको छ । डिएसपी श्रेष्ठका अनुसार पेल्ट्रिक सेटको पावरहाउसभित्र रहेका ३५ वर्षीय रामकुमार थेबे चट्याङ लागेर घाइते भएका छन् । यस्तै सोही ठाउँका १७ वर्षीय उमेश थेबे, सिरिजंघा गाउँपालिका– ५ पेदाङका ५० वर्षीय अर्थमान मावो, उनकी श्रीमती ४९ वर्षीया नरमाया र ६ वर्षीय छोरा अतिप घाइते भएको प्रहरीले जनाएको छ ।