मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ १६ मंगलबार १७:३७:००
Read Time : > 1 मिनेट
समाचार

सर्जिकल व्यवसायीमाथि भएको कुटपिटको विरोधमा प्रदर्शन (भिडियाेसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ १६ मंगलबार १७:३७:००

सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौं त्रिपुरेश्वर क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । सोमबार दिउँसो २ बजेतिर नचिनेको व्यक्तिहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको विरोधमा उनीहरू आन्दोलित भएका हुन् । 

सर्जिकल व्यवसायलाई राज्यले अत्यावश्यक सेवाअन्तर्गत २४सै घन्टा सञ्चालन गर्न दिएको छ । तर, व्यवसायीहरूको संगठन केमिकल एन्ड सर्जिकल सप्लायर्स एसोसिएसन नेपाल (केमसान) ले वडा कार्यालय र स्थानीय ब्वाइज युनियनलाई समेत बोधार्थ गरी बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै पसल सञ्चालन गर्न पत्र पठाएको व्यवसायीहरूले बताए । सोही नियमलाई लिएर सोमबार दिउँसो २ बजेभित्रै पसल बन्द नगरेको भन्दै कुटपिट गरेको व्यवसायी बेल्बासेले बताए । दिउँसो २ बजेर केही मिनेट जाँदा पसलमा रहेका ग्राहकलाई सामान दिई बन्द गर्नै लाग्दा केही व्यक्तिले कुटपिट गरेको उनले बताए । 

व्यवसायीहरूले कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी तत्काल कारबाही गर्न माग गरेका छन् । कोभिड– १९ संक्रमणको जोखिमलाई ध्यान दिएर अहिलेसम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको, तर व्यवसायीमाथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरूले बताए । सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्ने व्यक्तिमाथि कारबाहीको माग गरे । उनले व्यवसायीमाथि कुटपिट हुनु गतल भएको र राज्यले बन्द नगर भनेका कारण २४सै घन्टा पसल सञ्चालन गर्ने बताए । 

व्यवसायी भरतमणि सिलवालले राज्य ले नै अत्यावश्यक सेवाअन्तर्गत राखेको क्षेत्रलाई आफूखुसी बन्द गराउने अधिकार अन्य कसैसँग नभएको बताए । उनले केही समय मात्रै पसल सञ्चालन गर्दा भिड बढेकोले संक्रमणको जोखिमसमेत बढेको जनाए । त्यसैले अबदेखि २४सै घन्टा पसल खोल्ने सिलवालले बताए । 

कुटपिटको विरोध जनाउन मंगलबार भेला भएका व्यवसायीलाई प्रहरीले भिडभाड नगर्न आग्रह गरेको छ । प्रहरीले माइकिङ गरी सर्जिकल क्षेत्रलाई राज्यले अत्यावश्यक सेवाको रूपमा राखेकोले निर्वाध रूपमा सञ्चालन गर्न पाउने जनाएको छ । 
 भिडियाे