मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १६ मंगलबार १४:५६:००
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय, अहिलेसम्म १६ जनाको निधन

Read Time : > 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १४:५६:००

देशको राजधानी तथा प्रमुख प्रशासनिक क्षेत्र रहेको काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको संख्या दुई हजार पाँच सय नाघेको छ । 

महानगरभित्र बसोवास गर्ने १६ जनाको मृत्यु भएको छ । १३ भदौसम्ममा महानगरका दुई हजार चार सय ५२ जना संक्रमित छन् । 

त्यसयताको विवरण प्राप्त भइनसकेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । 

अहिलेसम्म वडा नं. ३, ७, १२, १३, २०, २१, २२, ३१ र ३२ मा एक–एकजना, वडा ४ मा दुईजना, १० मा तीनजना र २७ मा दुईजनाको मृत्यु भएको छ । 

महानगरपालिकाका अनुसार अहिलेसम्म चार सय ६० जना निको भएर घर फर्किएका छन् । महानगरपालिकाले अहिलेसम्म संक्रमितको सम्पर्कमा आएका चार हजार दुई सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ । 

अहिले पाँच सय ४८ जना संक्रमित होम आइसोलेसनमा बसेका छन् । 

महानगरका ३२ वडामध्ये वडा नं. ३२ मै सबैभन्दा धेरै संक्रमित छन् । यस वडामा मात्रै एक सय ९८ जनामा संक्रमण पुष्टि भइसकेको छ । ७१ जना निको भएर फर्किएका छन् । ३६ जना अस्पतालमा उपचाररत छन् भने ५४ जना होम आइसोलेसनमा छन् ।

यस वडामा कोरोनाका कारण एकजनाको मृत्यु भएको छ भने संक्रमितको सम्पर्कमा रहेका चार सय ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । 

दोस्रोमा वडा ३ मा संक्रमितको संख्या एक सय ८० पुगेको छ । जसमध्ये ५८ जना निको भएर घर फर्किएका छन् । २८ जना होम आइसोलेसनमा र ७९ जना अस्पतालमा छन् । 

यस वडामा एकजनाको मृत्यु भएको छ । वडामा एक सय २८ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ । 

तेस्रो धेरै संक्रमण भएको वडा १६ हो । यहाँ एक सय ६६ जना बिरामी छन् । जसमध्ये होम आइसोलेसनमा २७ जना र अस्पतालमा ६० जना उपचाररत छन् । २५ जना निको भएर फर्किएका छन् भने मृत्यु कसैको भएको छैन । 

यस वडामा दुई सय ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।