मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ भदौ १६ मंगलबार १०:००:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सामसङको ग्यालेक्सी नोट२० र नोट२० अल्ट्राको प्रि–बुकिङ अवधि थपियो

Read Time : < 1 मिनेट
२०७७ भदौ १६ मंगलबार १०:००:००

सामसङले ग्यालेक्सी नोट२० र नोट२० अल्ट्रा स्मार्ट फोनको प्रि–बुकिङको समयावधि बढाएको छ । कोभिड–१९ का कारण ग्राहकलाई विभिन्न अवरोध आएको महसुस गर्दै कम्पनीले प्रि–बुकिङको समय भदौ १९ गतेसम्मका लागि बढाएको हो । ग्यालेक्सी नोट२० को १ लाख १० हजार रुपैयाँ र नोट२० अल्ट्राको मूल्य १ लाख ४० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । 

अफर : 
ग्यालेक्सी नोट२० अल्ट्राको प्रि–बुकिङ गर्नेे ग्राहकलाई विभिन्न छनोट दिइएको जनाइएको छ । जसमध्ये ग्यालेक्सी बडप्लस लिन सक्नेछन् । त्यस्तै, ग्यालेक्सी वाच ३ लिन चाहेमा ३० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । यसबाहेक ग्राहकले ३२ इन्चको एलइडी टिभी ९ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

नोट२० प्रि–बुकिङ गर्ने ग्राहकले ग्यालेक्सी बडप्लस पाउनेछन् । यो नलिई ग्यालेक्सी वाच ३ (४५ एमएम) लिन चाहेमा उक्त वाच ३२ हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले ३२ इन्चको एलइडी टिभी खरिद गर्न चाहेमा १० हजार रुपैयाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । 

यसका साथै, प्रि–अर्डर गर्दा टर्किस एयरलाइन्सको बिजिनेस क्लासको टिकट खरिदमा ७ प्रतिशतसम्म छुट तथा इकोनोमिक क्लासको टिकटमा ५ प्रतिशतसम्म छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । 

अग्रिम अर्डर गरेका ग्राहकलाई एकपटकको टुटफुटमा एनएलजी इस्योरेन्सबाट एक वर्षको बिमा तथा विभिन्न बैंकबाट मासिक किस्तामा खरिद गर्न सकिने सुविधा रहेको जनाइएको छ । अग्रिम अर्डर गर्ने ग्राहकमध्ये टर्किस एयरलाइन्समा युरोपियन युनियनका देशमा दुईतर्फी बिजनेस क्लास टिकट, ग्यालेक्सी बडप्लस, हिमालयन फ्रन्ट होटेल वा केजिएच ग्रुपको वाटरफन्ट रिसोर्टमध्ये एकमा दुई रात बसाइ तथा लेट मी इनको तर्फबाट १० हजार रुपैयाँबराबरको कुपन लक्की ड्रमार्फत पाउने जनाइएको छ ।